Ultimate magazine theme for WordPress.

मकवानपुर प्रहरीद्वारा १ किलो ६४९ ग्राम सुन सहित एक जना पक्राउ

126

उमेश दुबे
पर्सा, २६ बैशाख / मकवानपुर प्रहरीले १ किलो ६४९ ग्राम सुन सहित एक जना नेपाली नागरिकलाई पक्राउ गरेको छ । काठमाण्डौबाट बिरगंजतर्फ आउदै गरेको यात्रु बाहक बसमा सून आइरहेको सूचनाको आधारमा मकवानपुरको पशुपतिनगरबाट खटिएको प्रहरी टोलिले पक्राउ गर्न सफल भएको हो ।
बिगत केही महिनादेखि सून तस्करीमा कमि आएको हेरिएपनी सून कारोबारीले पुन: सून तस्करी कार्य सूचारू गरिएको बुझिन्छ । विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय पशुपतिनगरबाट प्रहरी निरीक्षक अरूण कुमार कुश्वाहाको कमाण्डमा खटिएको टोलिले पक्राउ गर्न सफल भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । काठमाण्डौबाट बिरगंज आउदै गरेको ना ८ ख ३७९२ नम्बरको यात्रु बाहक बसबाट सून सहित एकजना नेपाली नागरिकलाइ पक्राउ गर्न सफल भएको प्रहरी निरीक्षक कुश्वाहाले बताउनु भयो ।
बैशाख २३ गते बिहान करीब ३ बजेर ३० मिनेट जादा यात्रु बाहक बसबाट पक्राउ गर्न सफल भएको प्रहरी निरीक्षक कुश्वाहाले जानकारी दिनुभयो । यस अनलाइन संग कुरा गर्दै प्रहरी निरीक्षक अरूण कुमार कुश्वाहाले बिशेष सूचना आउन साथ हेटौंडा उप-महानगरपालिका वडा नम्बर १५ स्थित सडक खण्डमा बसलाई रोकि चेकजाँच गर्दा पक्राउ गर्न सफल भएको बताउनु भयो । उहाले सोही बसमा सवार जिल्ला भोजपुर षडानन्द नगरपालिका वडा नं. ४ बस्ने २९ बर्शिय किशोर ल्वागुन बि.क.ले लगाएको दुबै खुट्टाको जुत्ता भित्र पैतलामुनी र निजले लगाएको पाईन्टको खल्तिबाट १ किलो ६४९ ग्राम ८९० मि.ग्रा सुन सहित पक्राउ गरेको बताउनु भयो । नियन्त्रणमा लिएको सून करीब ८५ लाख ८६ हजार २६ रूपैया बराबरको रहेको प्रहरी निरीक्षक कुश्वाहाले जानकारी दिनुभयो ।

Leave A Reply

Your email address will not be published.