Ultimate magazine theme for WordPress.

भ्रष्टाचार ढाकछोप गर्न पत्रकारका श्रीमतीलाई जागिर : सांसद यादव

464

पर्सा, ६ बैशाख / वीरगंज महानगरपालिकामा भएको भ्रष्टाचार ढाकछोप गर्न केही पत्रकारका श्रीमतिहरुलाई जागिर नै लगाइएको बारे रहस्य उजागर भएको छ । वीरगंज महानगरपालिकाका नगर प्रमुख बिजय कुमार सरावगीले गरेको भ्रष्टाचारको बिरुद्धमा पत्रकारको कलम चल्ने डरले केही पत्रकारको श्रीमतिहरुलाई महानगरमा जागिर नै लगाइएको बारे रहस्य उजागर भएको हो ।
आफुले गरेको भ्रष्टाचार उजागर हुने डरका साथ साथै आफ्नो पार्टी प्रचार प्रसार गर्नको निम्ति पत्रकारको श्रीमतिहरुलाई जागिर लगाइएको बारे उहाकै एक कर्मचारीले आफ्नो नाम सम्प्रेशन नगर्ने सर्तमा बताएका छन । उहाका अनुसार वीरगंज महानगरपालिका भित्र विकासको काम कम, बढी भ्रष्टाचार नै भएको बताउदै अगामी हुने निर्वाचनमा एमाले निकटतम पत्रकारहरुको श्रीमतिको जागिर लगाइएको बारे उजागर पारे ।
पत्रकारिता पेशालाई नै बदनाम गरी आफ्नो स्वार्थमा अन्धो भई केही पत्रकारले बिजय सरावगीको चापलुसी गर्न थालेपछि श्रीमतिको जागिर लगाउन सफल भइएको, उनले बताए । आफ्नो पेशा र धर्म विपरीत काम गर्ने ति पत्रकारहरुका कारण सम्पूर्ण पर्सेली पत्रकारहरुको बदनामी हुने गरेको बताए । श्रीमति जागिरको षड्यन्त्र बनाई मेयर बिजय सरावगीले पत्रकारिता पेशामा आवद्ध रहेका केही पत्रकारको कलम समेत चलाउन नदिएको, उनले आरोप लगाए ।
यता यस बिषयमा पर्सा क्षेत्र नम्बर १ का प्रतिनीधि सभा सदस्य प्रदीप यादवले समेत मेयर बिजय कुमार सरावगीले गरेको भ्रष्टाचारको ढाकछोप गर्न पत्रकारकी श्रीमतिहरुलाई जागिर नै दिएको आरोप लगाएका छन । वीरगंज महानगरपालिका वडा नम्बर १५ वडा इकाई कमिटीले गरेको अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै प्रतिनीधि सभा सदस्य प्रदीप यादवले महानगर भित्र बिकासको काममा भएको भ्रष्टाचार लुकाउनकै निम्ति पत्रकारहरुको श्रीमतिलाई मेयर सरावगीले जागिर लगाएको बारे खुलासा गर्नुभयो । उहाले अगामी दिनहरुमा कुन कुन पत्रकारको श्रीमतिलाई जागिर लगाइएको बारे नाम सहित खुलासा गरिने जिकिर गर्नुभयो । क्रमश ः

Leave A Reply

Your email address will not be published.