Ultimate magazine theme for WordPress.

भ्रमको खेती गर्न सिपालु रहेका यादव फेरी भ्रमको खेती गर्दै, मतदाता आक्रोषित

59

उमेश दुबे
बारा, ६ बैशाख / उपनिर्वाचन नजिक्दै जादा जनता समाजवादी पार्टीका उम्मेदवार तथा जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवको सन्तानले नै भ्रम छर्ने काम गरेको बारे तथ्य सार्वजनिक भएको छ । उपनिर्वाचन हुन मात्र चार दिन बाकी रहेको समयमा जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवको छोरा अमरेन्द्र यादवले जनता माझ भ्रम छर्ने काम गरेको एक पोष्टले सार्वजनिक रुपमै सार्वजनिक भएको घटना बाहिरिएको हो ।
सता गठबन्धनको फाइदा उठाउदै समाजिक संजालमा मनमौजी पाराले जथाभावी लेख्दै आफ्नो फेसबुक वालमा राखिएको यो पोष्टले प्रष्ट पारेको छ । निर्वाचनमा जित हार हुने स्वभाविक कुरा हो, एक स्थानीयले दुखेसो पोखे । तर चोर बाटोबाटै सांसदमा छिर्ने मन्सायले बाराबाट उम्मेदवारी दर्ता गराएका अध्यक्ष उपेन्द्र यादवले चोर झै समाजिक संजालको प्रयोग गर्दै जनतामा भ्रम छर्ने काम गरेको स्थानीय मतदाता बताउछन । यस्तो तरिकाले जनतामा भ्रम छर्ने काम चोरले नै गर्ने गरेको बारे बारा जिल्ला क्षेत्र नम्बर २ का मतदाता बताउछन ।


जसपाका अध्यक्ष उपेन्द्र यादवको छोरा अमरेन्द्र यादवले आफ्नो फेसबुक वालमा “कुछ बैज्ञानिक बिभिन्न जगह से आके पचरौता नगरपालिका मे पैसा बाटे के क्रम मे पकराइल वा आम जनता लोग पकरके प्रहरी के बुझइले बा” भनेर स्पष्ट लेखेको पाइन्छ । तर जिल्ला प्रहरी कार्यालय बाराका अनुसार त्यस्तो कुनै किसिमको घटना नभएको बताएको छ । पार्टीका कार्यकर्ताले अर्को पार्टीलाई बदनाम गर्ने उदेश्यले सुत्न जाने क्रममा सडकमा रोकी फोटो खिचेर बदनाम गर्ने प्रयास गरिएको बताएको छ ।

Leave A Reply

Your email address will not be published.