Ultimate magazine theme for WordPress.

भिस्वा र जानकिटोला नाकाबाट तस्करी कायमै, माथिल्लो निकाय मौन

288

उमेश दुबे
पर्सा, २५ फाल्गुन / पर्साको ग्रामीण भेगमा पर्ने भिस्वा र जानकीटोलाबाट तस्करी कायमै रहेपनी माथिल्लो निकाय मौन रहेका छन । सीमा नाकाको सुरक्षा जिम्मा पाएका सशस्त्र प्रहरीले सीमालाइ कमाइ खाने भाडो बनाएका हुन ।
सशस्त्र प्रहरीका डिआइजी प्रवीण श्रेष्ठले सीमा नाकामा कडाइ गर्न निर्देशन दिएपनी डिआइजी श्रेष्ठको आदेशलाइ धज्जी उडाउदै सीमा नाकालाई बोर्डर आउट पोस्ट भिस्वाका सशस्त्र प्रहरी निरीक्षक चुन थापाले कमाइ खाने भाडो बनाएका छन । सशस्त्र प्रहरी निरीक्षक थापा आफ्नो फूली र पावरको दुरुपयोग गर्दै एनि हाउ पैसा कमाउ भन्ने उख्खानमा लागेका छन । भिस्वा नाकाबाट रमु, शसिकान्त, किशोरी, एयानुल भन्ने कुख्यात तस्करहरूले सुख्खा, कपडा, मरिच, केराउ, मिठ्ठा, कस्मेटिक, कवाड, गिट्टी लगायतको तस्करी गरिरहेको प्रहरी श्रोतले जनाएको छ ।
त्यस्तै पर्साको जानकीटोलाबाट कपडा, मरिच र केराउको तस्करी बढेको छ । बि.ओ.पि भिखमपुरका सशस्त्र प्रहरी निरीक्षक सोम श्रेष्ठलाई तस्कर सङगठनहरूले मोटो रकमको नजराना बुझाए पश्चात् तस्करी कार्य सुचारू गरिएको तस्कर श्रोतले जनाएका छन । श्रोतले जनाए अनुसार भिखमपुरको जानकीटोलाबाट तस्करी बापत रकम असुली हुनको साथै मदिराभट्टि बाट समेत रकम असुली गरिरहेको बताए । भारतको बिहारमा मदिरा बन्द हुदा सीमा नाकामै मदिरा पसल सन्चालन गरे बापत मोटो रकम उठाएको स्थानिय श्रोतले जनाएका छन ।
सीमाको जिम्मा पाएका सशस्त्र प्रहरीले नै मदिरा पसल सन्चालन गराउन थालेपछी सुरक्षामा चुनौती भएको स्थानियले जनाएका छन । स्थानियहरूको भनाइ अनुसार मदिरा पसल सन्चालन हुनसाथ जानकिटोलामा चोरीको बिगबिगी समेत बढेको बताएका छन । सीमा नाकामा करीब २० देखि २५ वटा मदिरा पसल सन्चालनमा रहेपनि प्रहरी/प्रशासन मौन हुनु ठुलै चलखेल रहेको बुझिन्छ । सीमामा खटिएका प्रहरी जब सीमालाइ नै सुरक्षा गर्न सक्दैन भने सर्वसाधारणको सुरक्षा कसरी गर्न सकिने भन्दै एक जना अर्का सर्वसाधारणले भने । यस बिषयमा माथिल्लो निकायको ध्यान जान अति आवश्यक देखिन्छ ।

Leave A Reply

Your email address will not be published.