Ultimate magazine theme for WordPress.

भारतिय चल्ला सहित ३ जना भारतिय नागरिक बारा प्रहरीद्वारा पक्राउ

160

उमेश दुबे
बारा, ६ फाल्गुन / भारतबाट अबैध तरिकाले भित्रिएको चल्ला बारा प्रहरीले बरामद गरेको छ । बिरगंजबाट हेटौडातर्फ जाँदै गरेको बसबाट चल्ला सहित ३ भारतिय नागरिकलाइ बारा प्रहरीले नियन्त्रणमा लिएको हो ।
हेटौडातर्फ गइरहेको ना ६ ख ९३४० नम्बरको बसमा अबैध तरिकाले भित्रिएको भारतिय चल्ला गइरहेको सूचना पाउनसाथ इलाका प्रहरी कार्यालय अमलेखगञ्जबाट प्रहरी नायब निरीक्षक राधेमोहन कुश्वाहाको कमाण्डमा खटिएको टोलिले पक्राउ गर्न सफल भएको हो । भारतिय चल्ला नेपाल भित्रयाउने प्रवधान नरहेपनी सीमा नाकाबाट तस्करी बाटो हुँदै भित्रिएको चल्ला हेटौडा जाने क्रममा पक्राउ गरिएको प्रहरी नायब निरीक्षक कुश्वाहाले बताउनु भयो ।
हेटौडातर्फ जाँदै गरेको ३५ सय भारतिय चल्ला सहित भारतको उतराखण्ड रुद्रपुर बस्ने जमिल अहमद, इब्राहम अहमद र रेहान अहमदलाइ समेत नियन्त्रणमा लिएको कुश्वाहाले जानकारी दिनुभयो । पक्राउ गरिएको चल्ला र भारतिय नागरिकलाई आवश्यक कारवाहिको लागि पशु क्वारेन्टाइन पथलैयामा बुझाइएको बारा प्रहरीले जनाएको छ ।

Leave A Reply

Your email address will not be published.