Ultimate magazine theme for WordPress.

भन्सार छली गरि नेपाल भित्रयाउदै गरेको कपडा राजस्व गस्ती टोलिद्वारा बरामद

323

उमेश दुबे
पर्सा, २३ माघ / भारतबाट नेपाल अबैध तरिकाले भित्रयाउदै गरेको कपडा बिरगंज भन्सार राजस्व गस्ती टोलिले बरामद गरेको छ । बिरगंजको भकुवा नाका हुँदै भित्रयाउदै गरेको कपडा राजस्व गस्ती टोलिले बरामद गरेको हो ।
आज बिहान करीब ९ बजेको समयमा नेपाल भित्रयाउदै गरेको सूचना पाउनसाथ बिरगंज भन्सार राजस्व गस्ती टोलिका प्रमुख सस्त्र प्रहरी नायब उपरीक्षक तिलक खडकाको कमान्डमा खटिएको टोलिले पक्राउ गर्न सफल भएको हो । पक्राउ गरिएको कपडा अन्दाजी मूल्य करीब १ लाख ४३ हजार बराबरको रहेको डिएसपी खडकाले बताउनु भयो । बरामद भएको कपडा अवाश्यक कारवाहिको लागि बिरगंज भन्सार कार्यालयमा बुझाइएको खडकाले जानकारी दिनुभयो ।

Leave A Reply

Your email address will not be published.