Ultimate magazine theme for WordPress.

बिरगंजमा ट्राफिक आइल्याण्ड राख्ने काम सुरु

272

माघ २० बिरगंज /
अहिले बजारको मुख्य चोक घण्टाघरमा प्रयोगस्वरुप स्मार्ट ट्राफिक आइल्यान्ड राखिएको छ । छिट्टैनै बसपार्क लगायत क्षेत्रमा पनि यस्तो आइल्याण्ड राखिने ट्राफिक प्रहरी कार्यालय पर्साले जनाएको छ । निजी क्षेत्रकाे सहयाेगमा यस्ताे आइल्याण्ड राखिएको हाे ।
यो सँगै प्रहरीले जथाभावी पार्किङ गर्न रोक लगाउँदै पार्किङका लागि निश्चित ठाउँ तोकेको छ । जथाभावी पार्किङ गर्नेलाई कारवाही अभियान चलाइएको जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साका प्रमुख राजकुमार सिंहले बताउनुभयो ।
यस्तै सवारी दुर्घटना न्यूनिकरण गर्न विभिन्न उपाय अपनाइएको उहाँले बताउनुभयो । ट्राफिक प्रहरी कार्यालयले यसका लागि सवारी साधनको पछाडिको भागमा रातमा टल्किने (रिफ्लेक्टीभ) स्टीकर टास्ने कामलाई निरन्तरता दिएको छ । ट्याक्टर, रिक्सा, तथा ठूला सवारीमा पनि यस्तो टाँस गर्ने काम भएको ट्राफिक प्रमुख सिंहले बताउनुभयो ।

रिक्सा, टेम्पो, टाँगा जस्ता सवारीका कारण सबैभन्दा बढी ट्राफिक व्यवस्थापनमा चुनौति रहेको भन्दै उहाँले त्यसका लागि छुट्टाछुट्टै रुटको व्यवस्था गरेर अघि बढीएको बताउनुभयो ।
साँघुरो सडक र साना सवारी साधनको चापले बढी समस्या निम्तिएकाले त्यसलाई व्यवस्थापन गर्न सामुदायमा आधारित रहेर विभिन्न अभियान पनि चलाइएको ट्राफिक प्रमुख सिंहले बताउनुभयो ।
पछिल्लो समयमा हर्न निषेध भएपछि सँधै सवारी साधनका चर्को आवाजले कोलाहल हुने वीरगञ्ज केही मात्रै शान्त बन्न लागेको स्थानीय भुसाल चाैरसिया बताउनुहुन्छ ।

Leave A Reply

Your email address will not be published.