Ultimate magazine theme for WordPress.

बिपल्व समुहद्वारा तरकारीको गाडीमा आगजनी

174

उमेश दुबे
पर्सा, ५ बैशाख / बिरगंजबाट काठमाण्डौ तरकारी बोकेर गइरहेको ट्रकमा बिपल्व समुहद्वारा आगजनी गरिएको छ । बिपलव समुहका ५ जना कार्यकर्ताले गाडी रोकि आगजनी गरेका हुन ।
तरकारी बोकि बिरगंजबाट काठमाण्डौ गइरहेको ना ७ ख ७९६० नम्बरको ट्रकमा बिपल्व समुहले आगजनी गरेका हुन । बुधबार राती करीब ११ बजेको समयमा मकवानपुरको भिमफेदी गाउपालिका वडा नम्बर ९ गोलमोठ भनिने ठाउमा आगजनी गरिएको चालकले बताएका छन । सिरहाको बेतौना गाउपालिका वडा नम्बर १२ निवासी बिनोद कुमार झा आगजनी गरिएको ट्रकको चालक हुन । उनका अनुसार गोलमोठ पुग्नसाथ २ जना अपरिचित ब्यक्ति गाडी रोकि तोडफोड गर्न थाले पछि ३ जना लूकेको कार्यकर्ता ट्रक नीर पुगि आगजनी गरेको बताए । आफुलाइ बिपल्व समुहको कार्यकर्ता हो भन्दै तोडफोड गर्नुको साथै स्प्राइटको बोतलमा ल्याएको पेट्रोल छर्की आगजनी गरेको चालक झा ले बताएका छन ।

Leave A Reply

Your email address will not be published.