Ultimate magazine theme for WordPress.

बिनाशकारी हवाहुरीमा परि मृतक र घाइतेको सहयोगको लागि जुटे प्रहरीदेखि युवा नेताहरू

171

उमेश दुबे
पर्सा, १८ चैत्र / आइतबार साझ आएको बिनाशकारी हवाहुरीमा ३५ जनाको मृत्यु हुनको साथै ४ सय भन्दा बढी घाइते भएका छन । बारा र पर्सा जिल्ला गरि हालसम्म ३५ जनाको मृत्यु भैसकेको छ भने ४ सय भन्दा बढी घाइते हुन पुगेका हुन ।
बाराको फेटा गाउपालिका वडा नम्बर १, ३ र ६ मा सभन्दा बढी क्षति भएको गाउपालिका अध्यक्ष अमिरिलाल साहले जानकारी दिनु भयो । उहाले आफ्नो गाउपालिकाको प्रत्येक वडाहरूमा ट्रयाक्टरको माधयमले खादन्य समाग्री बितरण गरिएको र हाल राहतमा जुटेको बताउनु भयो । उहाले आफ्नो गाउपालिकामा हालसम्म १९ जनाको मृत्यु भैसकेको र २ सय भन्दा बढी घाइते भएको बताउनु भयो ।

यता बाराको फेटा गाउपालिका वडा नम्बर १,३ र ६ मा नेपाली सेना, सशस्त्र प्रहरी र जनपथ प्रहरी उदारमा रातिदेखी नै जुटेका छन । बाराको कलैया स्थित नेपाली सेनाको क्याम्प, बोर्डर आउट पोस्ट मटिअर्वा, बोर्डर आउट पोस्ट बरैनिया र जिल्ला प्रहरी कार्यालय बाराबाट खटिएका प्रहरी रातिदेखी नै उदार गर्नमा जुटेको अध्यक्ष साहले बताउनु भयो ।
बिरगंज स्थित नारायणी अस्पताल, मेडिकल कलेज र बिरगंज हेल्थ केयरमा उपचार भैरहेको बताइएको छ । उपचार भइरहेका घाइतेको लागि आकस्मिक रक्तदानको कार्यक्रम गरिरहेको युवा नेता राजेशमान सिंहले जानकारी दिनुभयो । बाराको कलैयाबाट युवाहरू खादान्य समाग्री लिएर गाउघरमा पुगेका छन ।

जिल्ला प्रहरी कार्यालय बाराका अनुसार बाराबाट मात्रै करीब ३५ जनाको मृत्यु भैसकेको र ४ सय भन्दा बढी घाइते भएको बताएका छन । कतिजना घाइतेहरूको अवस्था गम्भीर भएकोले मृतकको सन्ख्या बढन सक्ने बारा प्रहरीले जनाएको छ ।

Leave A Reply

Your email address will not be published.