Ultimate magazine theme for WordPress.

बिधुत महसूल ५ सय ५४ ग्राहकबाट ५ करोड ९४ लाख असुल – कार्यालय प्रमुख झा

131

पर्सा, २३ मंसिर / बिधुत प्राधिकरण कार्यालय पर्सा शाखाले एक महिना नबितिदै ३४ लाख राजस्व संकलन गर्न सफल भएको छ । बिधुत चुहावट गर्ने उपभोक्तालाई नियन्त्रणमा लिइ एक महिना भित्र ३४ लाख राजस्व संकलन गर्न सफल भएको हो ।
बिधुत प्राधिकरण पर्सा शाखाका कार्यालय प्रमुख जितेन्द्र कुमार झाको आग्मनले बिधुत चोरी गर्ने गिरोहमा समेत कमि आएको यस आर्थिक बर्षको कार्य प्रगतिले प्रष्ट पारेको छ । एक महिना भित्र ४४ जना बिधुत चोरी गर्ने गिरोहलाइ नियन्त्रणमा लिएको कार्यालय प्रमुख झाले बताउनु भयो । उहाले आफ्नो कार्य योजना अनुसार पर्सा जिल्लाको विभिन्न ठाउहरूबाट बिधुत चोरलाइ पक्राउ गर्दै आएको बताउनु भयो । ६० दिन बन्दा बढी बाकी बक्यौता राख्ने ६ सय ६७ ग्राहकको ७ करोड १८ लाख मध्ये ५ सय ५४ ग्राहकबाट ५ करोड ९४ लाख असुल भएको कार्यालय प्रमुख जितेन्द्र झाले बताउनु भयो ।
बिधुत प्राधिकरण कार्यालय पर्साका प्रमुख जितेन्द्र झाले यस अनलाइन सङ्ग कुरा गर्दै अगामी दिनमा यस्तै कडा रूपले प्रस्तुत हुने समेत जानकारी दिनुभयो । बिधुत महसूल चोरी हुदा सरकारलाइ मात्रा घाटा नभएर आम सर्वसाधारण उपभोक्तालाई समेत घाटा हुने गरेको कारण सबै पर्सेली जनता सङ्ग बिधुत चोरी नगर्न गराउन अनुरोध समेत गरे । उहाले बिगतको दिनहरू भन्दा यसपालि बिधुतको चोरीमा कमि भएको ठोकुवा गर्नु भयो ।
पर्सा शाखाको जिम्मेवारी पाएका कार्यालय प्रमुख झाले गर्दा पछिल्लो दिनहरू भन्दा यस महिनामा बिधुत कटौतीमा कमि भएको कारण पर्सा जिल्लावासी हर्सित भएको उपभोक्ताले बताएका छन । बिधुत कार्यालयमा महसूल बुझाउन गएका उपभोक्ता रामचन्द्र कुश्वाहाका अनुसार कार्यालय प्रमुख भएर आएदिनदेखि नै जितेन्द्र झा पर्सा जिल्लाको लागि लोकप्रिय हुँदै गएको बताए । उहाका अनुसार आफ्नो काम कर्तब्य र उहाले गरेको योगदानलाइ सम्झेर लोकप्रिय हात पार्दै गएको बताए ।

Leave A Reply

Your email address will not be published.