Ultimate magazine theme for WordPress.

बालुवाटार पुगेर बाबुरामले प्रचण्डलाई के भने ?

46

काठमाडौं, २९ माघ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नयाँ शक्ति पार्टीका संयोजक डा.बाबुराम भट्टराईबीच शनिवार विहान झण्डै एक घण्टा गोप्य भेटवार्ता भएको छ ।

प्रधानमन्त्री प्रचण्डलाई भेट्न पूर्व माओवादी नेता भट्टराई शनिवार विहानै बालुवाटार पुगेका थिए । भेटका क्रममा बाबुरामले एमाले र मधेसी दलहरुलाई छुट्टाछुट्टै आश्वासन दिएर मुलुकको निकास ननिस्किने सुझाए । ‘एमालेसँग एउटा कुरा गर्ने र मधेसी मोर्चासँग अर्को कुरा गरेर समस्या समाधान कसरी हुन्छ ?’ भट्टराईले प्रश्न गरे ।

प्रचण्डले राजनीतिक गतिरोध अन्त्यका लागि आफु प्रयासरत रहेपनि केही जटिलताका कारण अप्ठ्यारोमा परेको भट्टराईसँग स्पष्ट गरे । भेटमा प्रधानमन्त्री प्रचण्डले संविधान संशोधन, निर्वाचनको मिति घोषणा, स्थानीय तह पुनर्संरचनालगायत सम्पूर्ण बिषय प्याकेजमा समाधानका लागि आफूले गृहकार्य गरिरहेको भन्दै आश्वस्त पार्न खोजे ।

भट्टराईले अनसन बसेका आफ्ना दुई नेताको माग सम्बोधनका लागि पनि प्रचण्डसँग आग्रह गरे । बृहत्तर जनकपुरको विकास लगायतका माग राखी नयाँ शक्तिका नेताद्वय रामकुमार शर्मा र कलामुद्दिन राइन अनसन बस्दै आएका छन् ।
भेटमा संविधान संशोधन, स्थानीय तह, प्रदेशको पुर्नसंरचना, निर्वाचन लगायतबारे दुई नेताबीच कुराकानी भएको नयाँ शक्तिद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
भेटमा पूर्वप्रधानमन्त्री भट्टराईले बुढीगण्डकी आयोजना प्रभावित क्षेत्रका जनताले मुआब्जा कम भएको भन्दै बढाउन गरेको आग्रहबारे प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका थिए ।
प्रचण्डले एमाले अध्यक्ष केपी शर्मा ओलीसँग शुक्रबार भेटवार्ता गरेका थिए । जेठ भित्रै निर्वाचन गर्ने र त्यसको मिति यहि फागुन ८ भित्रै तय गर्ने भन्दै प्रचण्डले ओलीलाई आश्वस्त पारेका थिए ।

Leave A Reply

Your email address will not be published.