Ultimate magazine theme for WordPress.

बारा प्रहरीको ठूलो सफलता : २५ केजि चान्दी सहित २ जना पक्राउ

710

उमेश दुबे
बारा, ३१ असार / बाराको मटिअर्वा नाका हुँदै नेपाल भित्रिएको २५ किलो ग्राम चान्दी सहित २ जना नेपाली नागरिकलाई बारा प्रहरीले पक्राउ गरेको छ । विशेष सुराकिको अधारमा जिल्ला प्रहरी कार्यालय बाराबाट खटिएको प्रहरी टोलिले मटिअर्वा हुँदै कलैयातर्फ आउदै गरेको अवस्थामा पक्राउ गरेको हो ।
ना ६१ प ७२०४ नम्बरको जिक्सर मोटरसाइकल सहित दुई जना नेपाली नागरिकलाइ पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ । पक्राउ पर्नेहरूमा कलैया उप-महानगरपालिका वडा नम्बर ५ निवासी इनरदेव प्रसाद यादव र प्रसौनी गाउपालिका वडा नम्बर ७ बस्ने वकिल अन्सारी पक्राउ परेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको हो ।

Leave A Reply

Your email address will not be published.