Ultimate magazine theme for WordPress.

बारामा चोरी क्रम बढ्यो, चोर समुहले बिधालयलाइ पनि छोडेन्न

154

उमेश दुबे
बारा, २ फागुन / बारामा चोर समुहले आतन्क मचाएकै बेला बिधालयमा पनि समेत चोरी तथा तोडफोड गरेको समाचार प्राप्त भएको छ । बाराको देवताल गाउपालिका वडा नम्बर १ बडकी फुलवरिया स्थित रहेको बोर्डिङ स्कूलमा चोर समुहले चोरी गर्नुको साथै तोडफोड गरेका हुन ।
बाराको देवताल गाउपालिका वडा नम्बर १ बडकी फुलवरिया स्थित सन्चालानमा रहेको श्री बिध्याबाबा इङलिस बोर्डिङ स्कूलमा केही अज्ञात ब्यक्तिले रातिको मौका छोपी स्कूलबाट ५ थान ल्यापटप, १ थान बुफर चोरी गर्नुको साथै बेन्च, कुर्सी लगायत ढोकालाइ समेत तोडफोड गरेका छन । घटना स्थल प्रहरी चौकी देवापुर नजिकै रहेपनी खुल्याम यस्तो तरिकाको चोरी प्रश्नको विषय बनेको छ ।
श्री बिध्याबाबा इङलिस बोर्डिङ स्कूलमा करीब ३ सय ५० जना छात्र/छात्रा अध्यण गरिरहेको प्रध्यापक बिजय कुमार पान्डेले बताउनु भयो । उहाले आफू बर्सौ बर्सदेखी स्कुल सन्चालनमा ल्याइ अध्यण गराइरहे पनि हालको दिनमा केही सन्चालनमा ल्याएका स्कूलहरू माथी शन्का व्यक्त गर्नु भयो ।
बाराको प्रहरी चौकी सन्फुलवा छेत्रमा पर्ने र प्रहरी चौकी देवापुर नजिकै रहेको सो स्कूलमा डकैती पाराले भएको चोरीको दृश्य हेरि स्थानिय चकित भएका छन । स्थानियका भनाइ अनुसार प्रहरी चौकीबाट प्रहरीले राती गस्ती नगरिदा चोर समुहहरूको बिगबिगी बढेको पाइएको बताएका छन । जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी प्रमुख प्रहरी उपरीक्षक सानुराम भट्टराइले जिल्लामा शान्ती सुरक्षा कायम रहेको बताएपनी बारामा दिन प्रती दिन चोरी बढ्दै गएको छ ।

Leave A Reply

Your email address will not be published.