Ultimate magazine theme for WordPress.

बाराको बिश्रामपुर गाउपालिकामा विकाश निर्माणको कार्य तिब्र गरिने ः अध्यक्ष राउत

289

उमेश दुबे
बारा, ६ मंसिर ÷ बाराको बिश्रामपुर गाउपालिकामा विकाश निर्माणको कार्य तिब्र रुपले बढने बताइएको छ । विश्रामपुर गाउपालिकामा रहेको वडाहरुमा विकाश निर्माणको कार्य तिब्र रुपले बढाउने मेयर अमिरीलाल राउतले बताउनु भएको हो ।
यस अनलाइन संग कुरा गर्दै बिश्रामपुर गाउपालिकाका अध्यक्ष राउतले पछिल्लो समयमा काम गरेको तुलनामा आउने दिनमा तिब्र रुपले काम अगाडी बढाउने बताउनु भएको छ । उहा“ले शिक्षा, स्वास्थ्य, भौत्तिक निर्माण लगायतको कार्यमा आफु लागि परेको बताए । बिगतका दिनहरुमा छोटो समय पाएपनि कार्य गरियो तर आउने दिनमा झन सशक्त रुपमा विकाश कार्यलाई अगाडी बढाउने बताउनु भयो । विश्रामपुर गाउपालिकाका अध्यक्ष अमिरीलाल राउतले आफ्नो गाउपालिकामा आ.व. २०७४÷०७५ करिब २० करोडको बजेट थियो तर यसपालि करिब ३० करोड बजेट निकासा भएको बताउनु भयो । बिगत दिनको तुलनामा यसपालि करिब १० करोड बढी निकासा भएको बताउनु भयो । उहा“ले भनेर मात्र होइन यसपालि कार्य गरेर जनता अगाडी लोकप्रिय हुने बताउनु भयो ।
मेयर राउतले आर्थिक, समाजिक र भौत्तिक पूर्वाधारहरुमा बढी ध्यान दिएको बताउनु भयो । उहाले आफ्नो क्षेत्रमा पर्ने वडाहरुमा सडक ढलान, नाला, मन्दिर, मस्जिद निर्माण समेत गरेको बताउनु भयो ।

Leave A Reply

Your email address will not be published.