Ultimate magazine theme for WordPress.

बाराको बिभिन्न नाकाहरुबाट तस्करी सूचारु, आर्थिक कलेक्सन गर्न २ जना प्रहरी परिचालन

517

उमेश दुबे
बारा, ४ श्रावण ÷ नेपाल र भारतको सीमाबाट अवैध तरिकाले हुने क्रियाकलापबाट प्रहरीहरुको चान्दा आतंक बढेको छ । सीमा नाकाबाट हुने अवैध कारोवारहरु प्रहरीहरुकै सहयोगमा नेपालकै राजधानी काठमाण्डौसम्म पुग्ने गरेको हो ।
नेपाल र भारतको सीमा नाकाको सुरक्षा लगायत शान्ति सुरक्षाको जिम्मेवारी लिएका नेपाल प्रहरी र सशस्त्र प्रहरीले जिल्ला प्रहरी कार्यालयका प्रमुखलाई भेट चढाए पश्चात तस्करी कार्य सुचारु भएको छ । बिगत केही महिनादेखि बारा जिल्लाबाट बन्द रहेको तस्करी पुन ः प्रहरीहरुकै सहयोगमा सुचारु भएको हो । बारा जिल्लाका नामुद तस्करहरु एक जुट भई मोटो रकमको नजराना जिल्ला प्रमुखलाई बुझाए पश्चात सूचारु भएको बताइएको छ । जिल्ला प्रहरी कार्यालय बारामा प्रहरी उपरीक्षक सानुराम भट्टराई आउनसाथ केही पार्टीका नेताहरुको झोला समेत बोकि सकेको व्यापक रुपमा चर्चाको बिषय बनेको छ ।
राजनीतिकर्मीको सहारा पाए पश्चात प्रहरी उपरीक्षक भट्टराई आफ्नो वर्दीलाई समेत कमाई खाने भाडो बनाएका छन् । प्रहरी उपरीक्षक भट्टराई आए पश्चात पत्रकार सम्मेलनको आयोजना नै गरी आफ्नो इमान्दारीतामा कुनै शंका नरहेको बताएका थिए । तर प्रहरी उपरीक्षक भट्टराईको इमान्दारीता एक बर्ष समेत टिक्न सकेन । बारा जिल्लाका नामुद तस्करहरु एक जुट भई मोटो रकम नजराना चढाउन साथ प्रहरी उपरीक्षक भट्टराईले आखामा पटी बान्धे झै बसेको बारावासीहरुको भनाई रहेको छ । प्रहरी उपरीक्षक भट्टराईको बिस्वासिलो पात्रको रुपमा चिनिने प्रहरी सहायक निरीक्षक गान्धी ठाकुरको कमाण्डमा आर्थिक कलेक्सनको निम्ति प्रहरी जवान बिश्वमभर यादव खटेका छन् ।
प्रहरी सहायक निरीक्षक गान्धी ठाकुर आफ्नो मातहातमा खटने विश्वम्भर यादवलाई आर्थिक कलेक्सनमा खटाउने र जम्मा भएको रकम प्रहरी उपरीक्षक भट्टराईलाई दिने गरेको बताइएको छ । नेपाल र भारतको सीमा नाका पिपरपाति, कवहीगोठ, आमवा, सिम्रौणगढ लगायतको नाकाहरुबाट कुख्यात तस्करहरु कपडा र सुर्तिको कार्य सुचारु गरेका छन् । प्रहरी उपरीक्षक भट्टराईको ईशारा पाउन साथ तस्कर संगठनका मुख्य नाइकेहरु एक जुट भई प्रति दिन करोडौको मालसमान अवैध तरिकाले नेपाल भित्रयाउन सफल भएका छन् ।
बारा जिल्लाको नामुद तस्करहरुको रुपमा चिनिने खेना यादव, राजकिशोर, राज, सुवाष, राजाराम, मनान लगायत दर्जनौ तस्करहरुको तस्करी कार्य सुचारु भएको छ । तस्करहरुले भारतको बिभिन्न ठाउहरुबाट कपडा, सुर्ति, हार्डवेयर लगायतका समाग्री खरिद गरी प्रहरीकै सहयोगमा नेपाल भित्रयाउन सफल हुन्छन । प्रति तस्कर लाखौ रुपैया जिल्लामा जाने गरेको हुदा सीमामा खटेका प्रहरी हजार पनि किन नगठाउने भन्दै एक जना प्रहरी श्रोतले बताए । आफुलाई इमन्दार भन्दै हिडने प्रहरी उपरीक्षकको घुमुवा रकम लिए पश्चात युनिट इन्चार्जलाई आदेश दिए पश्चात मात्र तस्करी कार्य सुचारु गराइएको बताए ।
नेपाल प्रहरीका प्रदेश नम्बर २ प्रमुख डिआईजी प्रधुमन कार्कीले प्रहरी र तस्कर बिच हुदै आएको लेनदेन भन्ने शब्द नै हटाउने प्रयासमा रहेको बताएपनि बारा जिल्लामा खासै निर्देशन नआएको हेरिएको छ । तसर्थ ः माथिल्लो निकायको यसतर्फ ध्यान जान अति आवश्यक देखिएको देखिएको छ ।

Leave A Reply

Your email address will not be published.