Ultimate magazine theme for WordPress.

बाराको बलिरामपुर बन्यो तस्करहरुको अखडा, माथिल्लो निकाय मौन

535

उमेश दुबे
पर्सा, १४ बैशाख ÷ बाराको बलिरामपुरबाट नेपाल प्रहरी र सशस्त्र प्रहरीको मिलोमतोमा खुल्याम तस्करी भएपनि माथिल्लो निकाय मौन रहेका छन् । बाराको बलिरामपुरबाट नेपाल प्रहरी र सशस्त्र प्रहरीको मिलोमतोमा गिटीको तस्करी भएपनि माथिल्लो निकायसम्म मौन रहेका हुन ।
जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी उपरीक्षक सानुराम भट्टराई र सशस्त्र प्रहरी बल १२ नम्बर गणका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक प्रकाश थापाको ईशारामा बलिरामपुरबाट ब्यापक रुपमा तस्करी बढेको छ । स्थानिय बोर्डर आउट पोष्ट बरैनियाका सशस्त्र प्रहरी निरीक्षक राजेश फुयाल र प्रहरी चौकी बलिरामपुरका प्रमुख प्रहरी सहायक निरीक्षक कुमार खडकाले वर्दीको दुरुपयोग गर्दै बलिरामपुरबाट हुने गरेको तस्करी वापत लाखौ रुपैया महिनवारी उठाई जिल्ला प्रमुखहरुलाई नजराना बुझाउने गरेको बताइएको छ ।
स्थानिय श्रोतका अनुसार कुख्यात तस्कर अशोक भनिनेले नेपाल प्रहरी र सशस्त्र प्रहरीका प्रमुखहरुलाई लाखौ रुपैयाको भेट चढाए पश्चात दिनहु २० देखी २५ ट्रयाक्टर गिटी भारततर्फ लगिरहेको बताए । स्थानिय प्रहरी चौकी र बि.ओ.पीका प्रहरीहरु खटिएपनि प्रहरीहरुको अगाडी बाटै गिटी तस्करी हुने गरेको श्रोतको दावी रहेको छ । प्रहरीहरु टिपको हिसाबले पैसा लिएपनि माथिल्लो निकायले महिनवारी वापत लाखौ रुपैया बुझने गरेको स्थानिय श्रोतले जनाएको छ ।
स्थानिय बि.ओ.पी. बरैनियाका सशस्त्र प्रहरी निरीक्षक राजेश फुयाललाई प्रति ट्रयाक्टर १ हजार र प्रहरी चौकी बलिरामपुरका प्रहरी सहायक निरीक्षक कुमार खडकालाई प्रति ट्रयाक्टर ८ सयको दरले रकम दिए पश्चात रात्रीको बेला संरक्षण समेत गर्ने गरेको स्थानियले बताएका छन् । तस्करी हुने बेला प्रहरी चौकीबाट २ जना र सशस्त्र प्रहरीको बि.ओ.पी.बाट २ जना गरी स्कटीङ समेत गर्ने गरेको बताइएको छ । यस बिषयमा बोर्डर आउट पोष्ट बरैनियाका सशस्त्र प्रहरी निरीक्षक राजेश फुयालले रात्रीको समयमा कहा कहा जाने भन्दै फोन काटे । लग्ने मान्छेलाई हामीले रोक्न सक्दैनौ सशस्त्र प्रहरी निरीक्षक फुयालले बताए ।
सीमा नाकाको जिम्मेवारी पाएका सशस्त्र प्रहरी बलले सीमा नाकालाई कमाई खाने भाडो बनाएको यो भन्दा के प्रष्ट हुन्छ र ? यस बिषयमा सशस्त्र प्रहरी उपरीक्षक प्रकाश थापा संग बुझदा आफु बाहिर भएको र यस बिषयमा आफु बुझने भन्दै फोन काटे । प्रदेश नम्बर २ कै प्रहरी प्रमुखको रुपमा रहेका द्वय डिआईजी यस बिषयमा मौन बस्नु ठूलै रकमको चलखेल रहेको बुझिन्छ । मुखमा राम राम बगलमा छुरी भने जस्तै डिआईजीहरु समेत रहेको यसबाट प्रमाणित हुन्छ । नेपाल प्रहरी र सशस्त्र प्रहरीकै प्रमुखको रुपमा रहेका आइजीपि द्वय खन्नालको यसतर्फ ध्यान जान अति आवाश्यक देखिन्छ ।

Leave A Reply

Your email address will not be published.