Ultimate magazine theme for WordPress.

बाराको कवहीगोठ र पिपरपाति नाकाबाट ब्यापक रुपमा तस्करी, प्रहरी प्रशासन मौन

442

उमेश दुबे
पर्सा, २५ बैशाख ÷ बाराको कवहीगोठ र पिपरपातिबाट प्रहरीहरुकै सहयोगमा ब्यापक रुपमा तस्करीको लाइन खुलेको समाचार प्राप्त भएको छ । स्थानिय प्रहरी÷प्रशासनको सहयोगमा दुईवटा नाका कवहीगोठ र पिपरपातिबाट ब्यापक रुपमा तस्करी फस्टाएको हो ।
जिल्ला प्रहरी कार्यालय बारामा प्रहरी उपरीक्षक सानुराम भट्टराई आउनसाथ सीमा नाकाबाट तस्करीको लाइन खुलेको थियो तर अख्तियार दुरुपयोग अनुसन्धान कार्यालय हेटौडाले प्रहरी हवलदार सुदामा पासवानलाई घुसको रकम सहित पक्राउ गर्नसाथ बाराको सबै नाका ठप्प भएको थियो । सीमाना नाकाबाट बन्द भएको तस्करीको कार्य प्रहरीकै सहयोगमा पुन ः सुचारु भएको छ । बाराको कवहीगोठ र पिपरपातिका स्थानिय प्रहरी प्रशासनलाई मोटो रकमको नजराना बुझाए पश्चात मुसुरो, गिटी र कपडाको तस्करी ब्यापक रुपमा भइरहेको स्थानिय श्रोतले जनाएको छ ।
श्रोतले जनाए अनुसार जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख प्रहरी उपरीक्षक सानुराम भट्टराईका बिश्वासिला पात्रको रुपमा चिनिहिएका प्रहरी हवलदार बिनय सिंहले मोटो रकमको नजराना बुझे पश्चात तस्करीको लाइन सुचारु भएको हो । सीमा नजिकै रहेका प्रहरी चौकी र सशस्त्र प्रहरीलाई समेत मोटो रकमको नजराना बुझाए पश्चात दिनहु ५ देखी ७ वटा ट्रयाक्टर मुसुरो, १५ देखी २० ट्रयाक्टर गिटी र ८ देखी १० वटा मोटरसाइकलसम्म कपडाको तस्करी हुने गरेको श्रोतको दावी रहेको छ ।
मोटो रकमको नजराना बुझे पश्चात स्थानिय नेपाल प्रहरी र सशस्त्र प्रहरी तस्करीको मालसमानको संरक्षणमा समेत जुटने गरेको बताइएको छ । जिल्ला प्रहरी कार्यालय बाराका प्रमुखकै ईशारा हुदा सीमाना नाका तस्करहरुको अखडा बन्न पुगेको छ । शान्ति सुरक्षाको लागि खटिएका नेपाल प्रहरीले वर्दीको आडमा कमाई खाने भाडो बनाए पश्चात सीमा नाका सुरक्षाको निम्ति खटिएका सशस्त्र प्रहरी पनि के कम ? सीमा नाकाको सुरक्षाको निम्ति खटिएका बि.ओ.पी. कवहीगोठ र बि.ओ.पी. पिपरपातिका प्रमुखले समेत सीमा नाका सुरक्षाको नाममा तस्कर संगठन संग मोटो रकमको नजराना बुझेको बताइएको छ ।
सशस्त्र प्रहरी संगठनको निति निर्देशनको खिल्ली उडाउदै सशस्त्र प्रहरी निरीक्षक रामशरण बिष्ट र सशस्त्र प्रहरी निरीक्षक ईश्वर कोइरालाले सीमालाई कमाई खाने भाडो बनाएका छन् । आफ्नो वर्दीको आडमा कमाई खाने भाडो बनाएका नेपाल प्रहरी र सशस्त्र प्रहरीहरु माथि माथिल्लो निकायको ध्यान जान अति आवश्यक देखिन्छ ।

Leave A Reply

Your email address will not be published.