Ultimate magazine theme for WordPress.

बाराको एक बिधालयमा शिक्षक एवम पत्रकारको कुटाइबाट बिधार्थी घाइते, घटना रकमको भरमा लुकाइयो

207

बारा, १३ भदौ / बारा जिल्लाको एक बिधालयमा शिक्षक एवम पत्रकारको कुटाइबाट एक बिद्यार्थी घाइते भएका छन । शिक्षा पेशामा आवद्ध हुनुको साथै पत्रकारिता पेशामा समेत आवद्ध रहेका एक शिक्षकको कुटाइबाट बिद्यार्थी घाइते भएका हुन ।
बाराको सदरमुकाम कलैया उपमहानगरपालिका वडा नम्बर १४ स्थित रहेको श्री ने.रा.मा.बि. बघवनमा कार्यरत रहेका शिक्षक रामबाबु मेहताको कुटाइबाट कक्षा ८ मा अध्यनरत मुन्न बैठा घाइते भएका छन । अध्यणको बिषयलाइ लिएर शिक्षक एवम पत्रकार रामबाबु मेहताले बिद्यार्थी बैठालाइ लठ्ठीले हिर्काएपछि बिद्यार्थी बैठाको हात र औलामा चोट लागेर घाइते भएको प्रध्यापक जितेन्द्र कुश्वाहाले स्विकार्नु भयो ।
प्रध्यापक कुश्वाहाका अनुसार उक्त बिषयमा अभिभावक र शिक्षक बिच सम्झौता समेत भइसकेको जानकारी दिए । गत आइतबार बिधालयमै बसि आइन्दा यस्तो नहुने भन्दै शिक्षक एवम पत्रकार रामबाबु मेहताले अभिभावक सङ्ग माफि माङ्गे पश्चात कुरा टुङ्गिएको प्रधानाध्यापक जितेन्द्र कुश्वाहाले जानकारी दिनुभयो ।
यता बिधालयहरूमा बिद्यार्थी माथि बढ्दै गएको शिक्षकको अपराधलाइ हेर्ने हो भने दिन प्रति दिन बढ्दै गएको घटनाले पुस्टी समेत गरेको छ । निजि लगायत सरकारी बिधालयमा समेत शृखलाबद्ध घटना बढ्दै गएको बिषयमा यस घटनाले पुस्टि गरेको हो । तर सम्बन्धित निकायको मौनताका कारण यस्तो घटना घटिरहेको बारे दुइमत नरहेको देखिन्छ ।
श्री ने.रा.मा.बि.मा भएको उक्त घटनाको बिषयमा गत आइतबार कलैया उप—महानगरपालिकाका अध्यक्ष बिनोद साह लगायत उप–महानगर प्रमुख नाथु साहको टोलि घटना स्थलमा पुगेका थिए । बिद्यार्थी मुन्ना माथि निर्घात कुटपिट गरेका शिक्षक एवम नेपाल पत्रकार महासंघ बाराका अपाध्यक्ष रामबाबु मेहता पिडित सङ्ग माफि माङ्गदै उपचारमा लाग्ने खर्च ब्योहोर्ने जिम्मा लिए पश्चात टुङ्गो लगाइएको पिडितका दाइ पप्पु बैठाले जानकारी दिए ।
पिडितका दाइ पप्पु बैठाका अनुसार आफ्नै गाउघरमा बसि शिक्षकले माफि माङ्गिरहदा र उपचारमा लाग्ने खर्च ब्योहोर्न स्विकार गरेपछि स्थानीय भद्रभलादमिको सल्लाह सुझावमा कलैया उप–महानगरपालिकाका अध्यक्ष बिनोद साहको रोहवरमा टुङ्गो लगाइएको स्विकार गरे । तर यता कलैया उप–महानगरपालिकाका अध्यक्ष बिनोद साहले कानूनि उपचारको सट्टा रकमको लेनदेनमा कुरा मिलाएको स्थानीयले आरोप लगाएका छन । शिक्षक जस्तो पेशामा आवद्ध रहि बिद्यार्थी माथि निर्घात कुटपिट गर्नेको संख्या दिनप्रतिदिन बढ्दै गएको कारण कानूनि उपचारमा जानुको सट्टा रकमको भरमा मिलान गर्दा कहि कतैबाट चित नबुझेको स्थानीयले दुखेसो पोखे ।
यस घटनाको बिषयमा कुनै किसिमको उजुर नआएको कारण आफुहरू केहि कारवाहि गर्न नमिल्ने जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख प्रहरी उपरीक्षक होमेन्द्र बोगटीले जानकारी दिनुभयो । उहाले पिडित पक्षले उजुर दिएको अधारमा शिक्षक रामबाबु मेहतालाइ कारवाहि गर्न सकिने भएपनि उजुर नआएको कारण कारवाहि गर्न नसकिने बताए ।
यता यस बिषयमा कलैया उप–महानगरपालिकाका अध्यक्ष बिनोद साह सङ्ग बुझन खोज्दा उहाले सम्पर्कमा आउन चाहेन्न । तसर्थ ः यस बिषय सङ्ग सम्बन्धित कार्यालयहरूको ध्यान जान अति अवाश्यक देखिन्छ ।

Leave A Reply

Your email address will not be published.