Ultimate magazine theme for WordPress.

फोरम नेपाल पर्साको जिल्ला अधिवेशनको तैयारी अन्तिचरणमा खुलासभाको उदघाटन केन्द्रिय अध्यक्ष यादवले गर्ने

34

वीरगन्ज, माघ २६ : संघीय समाजवादी फोरम पर्साको जिल्ला अधिवेशनको तैयारी अन्तिर चरणमा रहेको छ । आगामि २८ गते हुने जिल्ला अधिवेशनको उदघाटन पार्टिका केन्द्रिय अध्यक्ष उपेन्द्र यादवले गर्ने पर्साका अध्यक्ष प्रदिप यादवले बताउनु भयो ।

नेता यादवले पर्सा जिल्लामा पार्टीको हुने यो जिल्ला अधिवेशन एैतिहासकि हुने बताउदै २८ गते हुने उदघाटन सत्रमा केन्द्रिय अध्यक्ष यादव,पुर्व शिक्षा मन्त्री रेणुयादव सहित अधिकासं केन्द्रिय नेताहरु सहभागी हुने बताउनु भयो ।

जिल्ला अधिवेशनलाइ भब्यरुपमा सफल बनाउन विभिन्न उपसमितीहरुको माध्यमबाट पार्टीको स्थानिय नेता तथा कार्यकर्ताहरुको सहयोगले जिल्लाका अधिकांस गाविसहरुमा पार्टीको गाउ तथा नगर र वडा अधिवेशन हरु सम्मपन्न भएको नेता यादवले बताउदै जिल्ला अधिवेशनमा ५ सय ६३ प्रतिनिधीहरुको सहभागीता रहने बताउनु भयो ।

उहाले जिल्लामा पार्टीका लगभग ५ हजा ५ सयह सक्रिय सदस्यता वितरण गरिएको र अधिवेशनलाइ भव्यरुपमा सफल बनाउन सम्पुण जिल्लाभरी वालपेन्टि ,भितेलेखन तथा प्रचार प्रसार व्यापक रुपमा भइरहेको नेता यादवको भनाइ रहेको थियो ।

पुरानो संरचना अनुसार भइरहेको जिल्ला अधिवेशनको त्यारीको लागी पर्साका संसदीय क्षेत्रनम्बर ५मा रहेका १७गाविस,४का २५ गाविस ३मा १७ र क्षेत्र नम्बर २मा रहेको ११ गाविसहरुमा पार्टीको गाविस अधिवेशन सम्पन्न भएको नेता यादवले बताउदै वीरगन्ज उपमहानगपालीकाका सम्पुर्ण वडाहरुमा अधिवेशन भइसकेत बताउनु भयो ।

Leave A Reply

Your email address will not be published.