Ultimate magazine theme for WordPress.

फेटा गाउपालिका वडा नम्बर ४ फुलवरीयामा सडक ढलान र नाला निर्माणको कार्य तिब्र गतिमा

153

उमेश दुबे
बारा, २६ बैशाख ÷ बाराको फेटा गाउपालिका वडा नम्बर ४ फुलवरीयामा बिकासको कार्य योजना सुरु गरिएको छ । बिगत केही महिनादेखी हावाहुरी प्रभावितका कारण रोकिएको बिकासको कार्य योजना सुरु गरिएको हो ।
चैत्र १७ गते आएको बिनाश्कारी हावाहुरीले गर्दा बिकासको कार्य योजना अलपत्र रहेपनि हालको समयमा योजनालाई अगाडी बढाइएको स्थानियवासीले बताएका छन् । फेटा गाउपालिका वडा नम्बर ४ का स्थानियवासीले बिकासको कार्य योजना अगाडी बढाउदा हर्षित भएका छन् । बर्षायामको समयमा सडक पूर्ण रुपले ठप्प हुने गरेकोले बर्षायाम अगाडी नै योजना सम्पन्न हुने गरी योजना अगाडी बढाइएको र कार्य समेत सम्पन्न गर्ने गरी सडक ढलानको कार्य अगाडी बढाइएको स्थानियले बताएका हुन । वडा नम्बर ४ फुलवरीयामा द्रुत गतिमा कार्यको बिकास अगाडी बढेकोले स्थानियवासी हर्षित भएका हुन ।
यस अनलाइन संग कुरा गर्दै फेटा गाउपालिका वडा नम्बर ४ का वडा अध्यक्ष वकिल यादवले आफ्नो वडाको बिकासको कार्यको निम्ति कुल बजेट ४५ लाख छुटयाइएपनि सडक ढलान र नालाको लागि ३५ लाख रुपैया छुटयाइएको बताउनु भयो । उहाले सडक ढलान र नाला निर्माणको लागि छुटयाइएको ३५ लाख रुपैया बजेटको योजना सुरु गरिएको बताउनु भयो । उहाले हावाहुरीबाट भएको धनजनको क्षेति आफ्नै गाउपालिकाको मातहातमा भएको कारण ढिलो भएपनि आफ्नो कार्यको प्रगति अगाडी बढाइएको बताउनु भयो । उहाले ३५ लाखको लागतमा सुरु गरिएको सडक ढलानको कार्य द्रुत गतिमा अगाडी बढाइएको बताउनु भयो ।
नेपालमै पहिलो पटक आएको बिनाश्कारी हावाहुरीले बिकासको कार्यको प्रगतिमा समेत समस्या भएपनि हालको समयमा बिकासको कार्यलाई द्रुत गतिमा अगाडी बढाइएको छ ।

Leave A Reply

Your email address will not be published.