Ultimate magazine theme for WordPress.

फेटा गाउपालिका अध्यक्ष अन्सारी र संवाद सहजकर्ता बिच परिच्यातमक कार्यक्रम सम्पन्न

63

बारा, १९ पौष / बाराको फेटा गाउपालिकाका अध्यक्ष र संवाद सहजकर्ताहरुको परिच्यातमक कार्यक्रम आज सम्पन्न भएको छ । फेटा गाउपालिकाका अध्यक्ष रुस्तम अंसारी र संवाद सहजकर्ताहरुको परिच्यातमक कार्यक्रम मंगलवार सम्पन्न भएको हो ।
संवाद सहजकर्ता उमेश दुबेको नेतृत्वमा गएको टोलीले स्थानीय तहमा हुने गरेको समस्याको बिषयमा अध्यक्ष अंसारी संग कुरा गर्दै संवादका लागि सहकार्य गरी अगाडी बढ्ने निष्कर्षमा पुगेको फेटा गाउपालिकाका अध्यक्ष रुस्तम अंसारीले जानकारी दिनुभयो । उहाले स्थानीय तहमा शिक्षा लगायत विकासको काममा समेत समस्या देखिएको कारण थप चुनौतीको सामना गर्नु परेको बताउनु भयो । अध्यक्ष रुस्तम अंसारीले परिच्यातमक कार्यक्रममा बोल्दै पालिका भित्र रहेका समस्याहरुको निराकरणको निम्ति संवाद सहजकर्ताहरुले अहम भुमिका खेल्ने बिश्वास लिएको व्यक्त गर्नुभयो ।
संवाद सहजकर्ता उमेश दुबेले स्थानीय तहमा हुने गरेको बिभिन्न किसिमको बाधा अडचनका कारण विकासले गति लिन नसकेको बताउनु भयो । उहाले फेटा गाउपालिकालाई नमुना गाउपालिकामा परिणत गर्न सबै जनसमुदायले आ—आफ्नो ठाउबाट लागे मात्र सम्भव रहेको बताउनु भयो । विकासको बाधक नबनि विकास प्रेमी बनेर अगाडी बढे मात्र नमुना गाउपालिकामा परिणत गरिन सक्ने सम्भव रहेको दुबेले औल्याउनु भयो । उहाले शिक्षा क्षेत्रमा भएको कमि कमजोरी सखाप पार्ने हो भने स्थानीय युवाहरु जागरुक हुन जरुरी रहेको बताउनु भयो । शिक्षा क्षेत्रमा कमि कमजोरी हुनु भनेको व्यवस्थापक समिति कमजोर हुनु हो, उनले बताए ।
फेटा गाउपालिकाका अध्यक्ष रुस्तम अंसारी संगको परिच्यातमक कार्यक्रममा उमेश दुबेको नेतृत्वमा गएका संवाद सहजकर्ता राजेश कुश्वाहा, बिक्की महतो, कृष्ण कुश्वाहा, अनिल सिन्हा लगायतको उपस्थित रहेको थियो ।

Leave A Reply

Your email address will not be published.