Ultimate magazine theme for WordPress.

फरार अभियुक्तको मोवाइलमा एसपीको फोन

1,053

पर्सा, २७ भदौ / जिल्ला प्रहरी कार्यालय पर्साको मुद्दा शाखाबाट पक्राउ गर्न निर्देशन दिइएको फरार अभियुक्त धर्मेन्द्र यादवको मोवाइलमा पर्साका प्रहरी उपरीक्षक रमेश बस्नेतले फोन गरी घरबाट भाग्न निर्देशक दिएका छन । पर्सा प्रहरी प्रमुख रमेश बस्नेतको छत्र छायामा पल्किदै आएका अपराधी धर्मेन्द्र यादवलाई प्रहरीकै संरक्षण हुने गरेको बारे फोन कलबाट प्रमाणित हुन्छ ।
जिल्ला प्रहरी कार्यालय पर्सालाई केही रकमको लोभमा बिक्रि नै गरिसकेका प्रहरी उपरीक्षक रमेश बस्नेतले आफ्नो स्वार्थमा अन्धो भई अपराधीलाई संरक्षण गर्ने गरेको रहस्य उजागर भएको छ । चोरीका साथ साथै ठगी र ज्यान मार्ने उद्योग मुद्दा समेत दर्ता रहेका धर्मेन्द्र यादव पर्सा प्रहरीकै संरक्षणमा बस्ने गरेको रहस्य उजागर भएको हो । गत आईतवार अपरान्ह करिब ४ बजेको समयमा जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी प्रमुख रमेश बस्नेतले फरार सुचिमा रहेका अभियुक्त धर्मेन्द्र यादवको मोवाइलमा फोन गरी फरार नै गराएका थिए ।
शनिवार राति यस अनलाइनले पर्सा प्रहरी प्रमुख रमेश बस्नेत र फरार अभियुक्त बिच गरेको कुराकानी लगायत सम्बन्धको बिषयमा समाचार सम्प्रेशन गरेको थियो । समाचार सम्प्रेशन हुनासाथ यस अनलाइनका प्रवन्ध निर्देशक उमेश दुबेलाई आफ्नो नाम बदनाम नगर्न आग्रह गर्दै छिपहरमाई गाउपालिकाको अध्यक्ष मनोज गुप्ताको आदेशमा पक्राउ गर्न नसकिएको समेत स्विकार गरे । उहाले यस बिषयमा आफ्नो नाम नजोड्न र आफ्नो फोटो राखी समाचार नबनाउन आग्रह समेत गरेका थिए ।
यता पर्सा प्रहरी प्रमुख रमेश बस्नेतले ढाकछोप गर्दै आएका अभियुक्तले लेखेको स्टेटस देख्दै इलाका प्रहरी कार्यालय पोखरीयालाई आदेश समेत गरेका थिए । पक्राउ गर्न आदेश दिए लगतै प्रहरी उपरीक्षक रमेश बस्नेतले अभियुक्त धर्मेन्द्र यादवलाई फोन गरी फरार हुने सुझाव समेत दिएको बारे उहाकै कर्मचारीबाट खुलेको छ । पक्राउ गर्ने बिषयमा पत्रकार महासंघ पर्सा शाखाका अध्यक्ष अनुप तिवारीलाई समेत फोन गरी अब पक्राउ गर्ने बताएपछि सुचना बाहिरिएको प्रहरी श्रोतकै भनाई रहेको छ ।
यता ढाकछोप गर्दै आउनु भएका प्रहरी उपरीक्षक राजनीतिक दवाबमा पक्राउ गर्न नसकिएको स्पष्ट बुझन सकिन्छ । जसका कारण स्पष्ट बुझन सकिन्छ, एसपी नेकपा एमालेको राजनीतिकर्मी मनोज गुप्ता कै इशारामा हिड्ने गरेको प्रमाणित हुन्छ । यस बिषयमा मधेस प्रदेश प्रहरी कार्यालय जनकपुरका प्रमुख डिआईजी मसाउद अलि खाले फरार अभियुक्तलाई कुनै हालतमा नछोडिने बतााउनु भयो । उहाले जिल्ला प्रहरी प्रमुख रमेश बस्नेतलाई फरार अभियुक्तलाई पक्राउ गर्न निर्देशन दिएको र छिटै नियन्त्रणमा आउने बताउनु भयो ।

Leave A Reply

Your email address will not be published.