Ultimate magazine theme for WordPress.

प्रिय कमरेड तपाईं सय बर्ष बाच्नुस , तर प्रधानमन्त्रीको कुर्सी छोडनुस !

328

विमल पौडेल , केन्द्रिय सदस्य राष्ट्रिय युवा संघ नेपाल
अब जनता खोज्दैछन कहाँ छ्न प्रधानमन्त्री , कहाँ छ उनले संकल्प गरेको “सुखी नेपाली , समृध नेपाल ” को सपना जुन देशको प्रधानमन्त्री आफै वर्षौं वर्ष बिरामी बस्छन् त्यो देशको जनता कसरी सुखी र स्वस्थ अनुभुती गर्न सक्छ्न ।

आम नागरिकले भन्दैछन जुन देशका प्रधानमन्त्री महिनाको ३,४ हप्ता हस्पिटलमा बस्छन , करोड खर्च गर्छन् त्यो देश्को नागरिकले शान्ति सुशासनको अनुभुती कसरी गर्न सक्छन।

प्रिय प्रधानमन्त्री ज्यू तपाईंको इक्षा शक्ति लाई समान गर्दछु , भर्खर मात्र दोस्रो पल्ट मृगौला प्रत्यारोपण गराएका प्रधानमन्त्रीलाई इन्फेक्सन बाट जोगिन मानिस बाट टाढा बस्नु र आफ्नै पार्टीका निर्वाचित सांसद , दलका नेता , सचेतक , संसदीय समितिका सभापति लगायत लाई नभेट्नु र सहि सूचना तपाइँ कहाँ नपुग्नु भ्रष्टाचारको मुख्य कारण रुपमा लिन सकिन्छ ।

देश भरि जताततै भ्रस्टाचार भएको खबर दिनहु समाचार , पत्र , पत्रिकामार्फत मार्फत पढ्न र सुन्न पाइन्छ वाइड बडी , सेक्युरिटी पृन्टिङ्ग प्रेस , फोर जी , अप्टिकल फाइबर , स्वास्थ्य सामग्री खरिद , खानेपानी , मेलम्ची , भौतिक निर्माण लगायतमा भएको भ्रस्टाचार एउटा नमुनाको रुपमा मात्र हो।

कतिपय ठुला भ्रष्टाचार हरु प्रधानमन्त्री अस्वस्थताका कारण मातहतका मन्त्री र बालुवाटारमा छिरेका उनका सहयोगी , सल्लाहकारहरु बाटै उनको नाक मुनि बाट राज्यको ढुकुटी माथी लुट मचाइ रहेका कुरा समाचारको हेडलाईन बनिरहेका छ्न।

यस्तो अवस्थामा तपाईं अराम गरेर सय वर्ष बाच्नुस तर प्रधानमन्त्रीको पद त्याग्नुस देश र जनताको लागि उचित हुनसक्छ । तपाइँ हरुले निर्माण गरेको पार्टीमा एक से एक पार्टी हाक्ने नेता , बरिस्ठ नेता , पुर्व प्रधानमन्त्रीहरु हुनुहुन्छ जस्ले विगतमा सफलता पुर्वक यो देशलाई यहाँ सम्म ल्याउनु भएको छ र अब फेरि पनि सहि दिसामा लगेर आम नागरिक लाई शान्ति , सुशासन सहित तपाईले संकल्प गरेको सुखी नेपाली समृद्ध नेपालको सपना पूरा गर्नु हुनेछ।

अन्तमा, पार्टी एकता बिरोधि सुर्य थापा जस्तो तत्वहरु लाई घरजम गरेर बालुवाटार भित्र राख्नुले अब तपाइँको नियत माथी नेताकार्यकर्ताले प्रश्न किन नगर्ने भन्ने दिन आउन बाट जोगनुस ?

Leave A Reply

Your email address will not be published.