Ultimate magazine theme for WordPress.

प्रहरी सुरक्षा फितलो हुदै, मेयर सरावगीको निवास नजिकैको घरबाट दिउसै चोरी

176

उमेश दुबे
पर्सा, २९ माघ ÷ वीरगंज महानगरपालिका वडा नं. १४ पिप्रा नया बस्तीमा दिउसै चोरहरुको समुहले चोरी गरेको समाचार प्राप्त भएको छ । वीरगंज महानगरपालिका भित्र शान्ति सुरक्षाको नाममा खटिएका प्रहरीको फितलो काम कारवाहीले चोरीको घटनामा बृद्धि भएको हो ।
वीरगंज महानगरपालिका वडा नं. १४ पिप्रा नया बस्ती निवासी नरेन्द्र झाको घरबाट करिब ७ लाख बराबरको चोरी भएको बताइएको छ । वडा प्रहरी कार्यालय श्रीपुर अन्तर्गत पर्ने क्षेत्रहरुमा प्रहरीको फितलो काम कारवाहीले चोरीको घटनामा बृद्धि भएको हो । प्रहरी आफ्नो काम कर्तव्यलाई पालना गर्नु भन्दापनि आर्थिक कलेक्सनतर्फ ध्यान दिइरहेकै बेला दिउसै चोरले घरमा राखिएका गरगहना लगायत नगद चोरी गरी फरार हुन सफल भएको स्थानियवासीले दुखेसो पोखे ।
नरेन्द्र झा चिनिमिल अवास क्षेत्र भित्र रहेको पशुपति मन्दिरका पुजारी हुन । आज करिब घरबाट १० बजेको समयमा निस्केको र साझ ६ बजे घर फर्किदा चोरले घरको ताल्चा तोडी दराजमा राखिएको गरगहना लगायत नगद चोरी गरी फरार भएको बताउनु भयो । उहा घर फर्किदा ताल्चा ताडिएको र घर भित्र प्रवेश गर्दा ३ वटा दराज खुलै रहेको बताउनु भयो । उहाले ६ भर सुन र नगद २ लाख बराबर चोरी भएको बताउनु भयो ।
वीरगंज महानगरपालिकाका प्रमुख बिजय सरावगीको निवास नजिकै रहेको झाको घरबाट दिउसै चोरहरुको समुहले यस्तो तरिकाले चोरी गरेर लगेपछि वीरगंज महानगरपालिका भित्र को को सुरक्षित रहेको बारे प्रष्ट हुन्छ । वडा प्रहरी कार्यालय श्रीपुरका प्रहरी टोलीले बिगतका दिनहरुमा उक्त क्षेत्रमा गस्ति गरेपनि हालको समयमा गस्ति समेत आउन कम भएको स्थानियवासीले आरोप लगाए । चोरी घटनाको थाह पाउनसाथ वडा प्रहरी कार्यालय श्रीपुरबाट एक घण्टामा घटना स्थल पुगेका थिए ।

Leave A Reply

Your email address will not be published.