Ultimate magazine theme for WordPress.

प्रहरी नियन्त्रणमा रहेका तुलस्यानलाइ मुक्त गराउन यसरी संगठनहरू लागे

88

उमेश दुबे
पर्सा, ०१ चैत्र /
पर्सा प्रहरीको हिरासतमा रहेका श्याम कुमार तुलस्यानलाई प्रहरी नियन्त्रणबाट मुक्त गराउन विभिन्न सङठनहरूले लागि परेका छन । केहि ठेकेदारहरूले मोटो रकमको नजराना बुझे पश्चात् हिरासतबाट मुक्त गराउनुको जिम्मेवारी लिनुको साथै समाचार सम्प्रेसन गर्न नदिन समेत जिम्मेवारी बहन गरिरहेको बारे बजारमा चर्चाको विषय बनेको हो ।
अबैध रूपमा एग्रो केमिकल्स संचालनमा राखिएको आरोपमा तुलस्यान माथी मूलकी एन २०७४ अनुसार मुद्दा चलाउने प्रावधान रहेपनी केही दलाल प्रविर्तिकाहरूले प्रहरी नियन्त्रणमा रहेका तुलस्यानलाइ मुक्त गराउन लागि परेका हुन । जिल्ला प्रशासन कार्यालय पर्साले बिरगंज महानगरपालिका वडा नम्बर ४ मा अबैध रूलमा संचालित रहेको एग्रो केमिकल्स प्रा.लि.मा मंगलवार छापामारी गरि सिलबन्दी गर्नुको साथै तुलस्यानलाइ नियन्त्रणमा लिएको थियो । तर पक्राउ परेका तुलस्यान हड्डी फालेपछी म्याद थप हुनसाथ बिरगंज हेल्थ केयर अस्पतालको एसि रूममा पुग्न सफल भए ।प्रहरी/प्रशासन कै सहयोगमा अस्पतालको एसि केबिनमा पुगेको चर्चा चल्नसथ ठेकेदारलाइ मोटो रकमको नजराना दिइएको बताइएको छ ।
बिरगंज हेल्थ केयर अस्पतालमा पुग्दा सुगरको बहानामा पुगेका तुलस्यान प्रती दिन ५५ सयको दरले एसि केबिन लिएर बसिरहेका छन । इमन्दारिताको खोल ओढेका प्रहरी उपरीक्षक रेवती ढकाललाई समेत सम्पूर्ण कुरा जानकारी हुदा हुँदै मौन बस्नु प्रश्नको बिसय बनेको छ । भनिन्छ हेराउने मुख अर्कै खाने मुख अर्कै जस्तै हालको समयमा प्रहरी उपरीक्षक ढकाल बनेका छन ।

Leave A Reply

Your email address will not be published.