Ultimate magazine theme for WordPress.

प्रहरी कै सहयोगमा पर्सा जिल्लाको ग्रामिण नाकाबाट तस्करी सुरू

400

उमेश दुबे
पर्सा, ०८ माघ / पर्साको सिमाना नाकाहरूबाट प्रहरीकै सहयोगमा पुन : तस्करी शुरू भएको छ । नेपाला र भारतको सीमामा पर्ने जानकिटोला, आसवारी लगायतको नाकाहरूबाट तस्करी कार्य शुरू भएको हो ।
भारतबाट अबैध तरिकाले कपडा, हार्डवेयर, चल्ला लगायत नेपाल भित्रिने गरेको र नेपालबाट मरिच भारततर्फ जाने गरेको स्थानियवाशिले बताएका छन । पर्साको ग्रामिण छेत्रमा इट्टाभट्टा बढी रहेको र इट्टा लोड भएको ट्रकमा तस्करी हुन लागेको स्थानियले आफ्नो नाम नछाप्ने सर्तमा बताएका छन । अबैध तरिकाले नेपाल भित्रिएको कपडा सजिलै ट्रकमा नेपालको विभिन्न ठाउहरूमा पुग्ने गरेको बताए । बिरगंजबाट सीमाना नाकामा पुगेका तस्कर समुहहरूले सजिलै प्रहरीहरूलाइ मिलाइ खुल्याम तस्करी गरिरहेको बताए ।
स्थानिय प्रहरीकै माध्यमले माथिल्लो निकाय समेत नजराना जाने गरेको प्रहरी श्रोतले जनाएका छन । श्रोतले जनाए अनुसार कपडा र चल्लाको ब्यपारीले प्रहरीलाई ठुलै रकम दिएकोले काम रोक्न नसक्ने बताए । नेपाल प्रहरी तथा सस्त्र प्रहरीको सहयोगमा कपडा र चल्लाको तस्करी कार्य फस्टाएको छ । बर्दीको आडमा कमाइ खाने भाडो बनाएका प्रहरी माथी माथिल्लो निकायको ध्यान नजानु बिडम्बनाको बिषय बनेको छ ।

Leave A Reply

Your email address will not be published.