Ultimate magazine theme for WordPress.

प्रहरीले बिद्यार्थीहरू सङ गरे एक दिने कार्यक्रम

102

उमेश दुबे
बारा, २३ फाल्गुन / समुदाय-प्रहरी साझेदारी अबधारणा अनुरूप आज बारा प्रहरीले बिधार्थीहरू सङ एक दिने कार्यक्रम सम्पन्न गरेको छ । श्री दुर्गा माध्यमिक बिधालय कलैयाका बिद्यार्थी सङ बारा प्रहरीले एक दिने कार्यक्रम सम्पन्न गरेको हो ।
जिल्ला प्रहरी कार्यालय बाराले श्री दुर्गा माध्यमिक बिधालयमा अध्यनरत ३० जना बिधार्थीहरू सङ कार्यालयको गतिविधि बारे कार्यक्रम सम्पन्न गरिएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ । जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख प्रहरी उपरीक्षक सानुराम भट्टराईको प्रमुख अतिथिमा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा बिद्यार्थीहरूलाइ जिल्ला प्रहरी कार्यालय बारामा रहेको विभिन्न शाखाहरूबाट सन्चालन हुने काम कारवाहिको बिषयमा जानकारी गराइएको बारा प्रहरीले जनाएको छ ।

Leave A Reply

Your email address will not be published.