Ultimate magazine theme for WordPress.

प्रमुख दलहरु एक हातमा बन्दुक र अर्को हातमा संविधान बोकेर मधेस झर्दै छन् : ठाकुर

68

काठमाडौं १३ पुस : तराई मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरले ९० प्रतिशतले बनाएको संविधान कार्यान्वयन हुन नसकेपछि प्रमुख दलहरु दश प्रतिशतको सहयोग माग्न आफूहरुलाई फकाउन थालेको आरोप लगाएका छन् । उनले संविधान कार्यान्वयन नभइ कुनै पनि निर्वाचन हुन नसक्ने भन्दै निर्वाचनको तयारीलाई नाटकको संज्ञा दिएका छन् ।

पार्टी कार्यालय बिजुलीबजारमा तमलोपाको नवौं वार्षिक उत्सवलाई सम्बोधन गर्दै ठाकुरले भने, ‘निर्वाचन गर्ने विषयमा प्रमुख तीन दलले सहमति गरिरकेका छन्। त्यसमा हामीलाई फकाउन खोजिएको छ। सो विषयमा मधेसी दल सचेत हुनुपर्छ।’ तर, आफूहरुलाई त्यो अस्वीकार्य हुने उनले बताए । उनले प्रमुख दलहरु एक हातमा बन्दुक र अर्को हातमा संविधान बोकेर मधेस झर्न लागेको आरोप समेत लगाए ।

सरकारमा नहुँदा प्रचण्डले मधेसमा जाँदा आफूलाई माइती फर्केर आएको जस्तो महसुश हुने बताएर मधेसीलाई झुटो आश्वासन दिएको भन्दै ठाकुरले सरकारमा गएपछि त्यही माइतीलाई हेला गरेको आरोप लगाए । मधेसीको माग संशोधन प्रस्ताव पारित गराउनु भएपनि प्रचण्डले अहिले आएर संशोधनलाई भन्दा चुनावलाई प्राथमिकता दिएर माइतीलाई धोका दिन खोजेको उनको दावी छ ।

यसअघि मंगलबार साँझ बसेको सत्तारुढ दल र मधेसी मोर्चाबीचको बैठकमा कांग्रेस सभापति शेरबहादुर देउवाद्वारा संशोधनलाई थाती राखेर चुनावमा जाने प्रस्ताव आएपछि मोर्चाको तर्फबाट ठाकुरको यो प्रतिक्रिया आएको हो । मंगलबारको बैठकमा देउवाको प्रस्तावमा प्रधानमन्त्रीसमेत सकारात्मक बनेका थिए । भने, मोर्चाले सो प्रस्तावलाई अस्वीकार गरेका थिए । मोर्चाले चुनावको प्रस्ताव अस्वीकार गर्दा बैठक निश्कर्षविहिन बनेका थिए । चुनाव पक्षधर सत्तारुढ दल र संशोधनलाई पहिलो प्राथमिकता दिने मोर्चाका नेताहरुबीच चर्काचर्की नै भएको थियो ।

Leave A Reply

Your email address will not be published.