Ultimate magazine theme for WordPress.

प्रदेश सरकार नै नारायणि रंगशालालाई सखाप पार्न खोजे

280
उमेश दुबे
हाम्रो देश नेपाल र देशको सम्पती जनताको, नाममा नेताहरु भ्रष्टाचारी गरिरहेको सर्वविधितै छ । आखा छलेर खानु त बेग्लै तर जनतालाई नै धोका दिई डकैती पाराले विकासको रकम खानु सुनेका थिए तर हालसालै हेर्न पनि पाइयो । सन्दर्भ हो वीरगंज स्थित स्थापना भएको नारायणि रंगशालाको । भनिन्छ राष्ट्र र राष्ट्रियता बचाउनु नेताहरुको हातमा हुन्छ तर नेपालको प्रदेश नम्बर २ मा सिधै उल्टो रहेको प्रष्ट हुन्छ । प्रदेश नम्बर २ मा बिकासको नाममा स्थानिय नेता सुनेका थिए तर प्रदेश नम्बर २ मा प्रदेश सरकारले नै विकासको रकम आफ्नो मनमौजी तरिकाले खेर फालिरहेको प्रष्ट भएको छ ।
हाम्रो देश नेपालकै दोश्रो र प्रदेश नम्बर २ को सबैभन्दा ठुलो रंगशालाको रुपमा मानिएको नारायणि रंगशालाको २०४२ सालमा स्थापना भयो । नारायणि रंगशालामा २०४२ सालदेखी नै राष्ट्रिय तथा अन्तराष्ट्रिय फुटबल प्रतियोगिता हुने गरिन्थयो । स्थानिय तथा केन्द्रिय लेबलका फुटबल म्याच हुने गरिन्थयो, बिभिन्न निजि बिद्यालय तथा सरकारी बिद्यालयहरु बिच बिभिन्न किसिमको खेलको प्रतिस्पर्धा हुने गरिन्थयो तर समय बितिदै गयो रंगशाला प्रतिको आकर्षण घटदै गयो कारण हो नारायणि रंगशाला संरक्षण विहिनको अवस्था ।
१८ बिगहामा स्थापना भएको नारायणि रंगशालाको अवस्था संरक्षण बिहिन हुदै गयो र नारायणि रंगशालाको नाममा रहेको जग्गा मध्ये केही जग्गा अतिक्रमणको चपेटामा पर्दै गयो । फितलो सुरक्षाका कारण नारायणि रंगशाला लागु औषध सेवनकर्ताहरुको अड्डाको रुपमा परिणत भयो । लागु औषध सेवनकर्ताहरुको समुहले दिनहु बिहान र रातिको समयमा रंगशाला पुगी सेवन गर्नथालेपछि सर्वसधारणहरुको रंगशाला प्रतिको आकर्षण घट्दै गयो । बाध्य भई मर्निङ वाक गर्नेहरु वीरगंजको मुल सडक पेटीमा मर्निङ वाक गर्न बाध्य भए । समय बितिदै गयो, मुलुक, नेपाल सरकारबाट प्रदेश सरकारमा परिणत भयो ।
प्रदेश नम्बर २ का मुख्य मन्त्रीको रुपमा लालबाबु राउत र भौत्तिक पूर्वाधार विकास मन्त्री जितेन्द्र सोनल नियुक्त(चुनिदा) बारा र पर्सा जिल्लाका जनताहरु सहानुभुति महसुस गरे । अब आउने दिनमा वीरगंजको विकास कसैले रोक्न सक्दैन भनेर ठाउ ठाउहरुमा चर्चा परिचर्चा चल्न थाल्यो तर विकासको कुरै छोडौ मुख्य मन्त्री राउत र भौत्तिक पूर्वाधार तथा विकास मन्त्री सोनल आफ्नो क्षेत्रको विकासको कुरै नगरौ प्रदेश नम्बर २ मा छुटयाएको रकमबाट मनमौजी तरिकाले कार्य गर्नथालेपछि हालको समयमा बारा र पर्सावासी चकित बनेका छन् । प्रदेश नम्बर २ किन, कुनैपनि प्रदेशमा, कुनैपनि पदमा हुदा आफ्नो पदलाई दुरुपयोग गरी, कसैलाई काखा र कसैलाई पाखा गर्ने गरी हेर्नु हुदैन । तर प्रदेश नम्बर २ कै सबैभन्दा ठुलो र मुलुककै दोश्रो रुपमा रहेको नारायणि रंगशाला हुदा हुदै प्रदेश नम्बर २ को राजधानि जनकपुर १६ बिगहामा रंगशाला निर्माण गर्नु बजेटको दुरुपयोग होइन भने अरु के हो ?
प्रदेश नम्बर २ मै वीरगंज पर्दछ सायद प्रदेश मन्त्री ज्यूहरु बिर्सनु भए जस्तो लाग्यो । मधेसी जनताहरुले आ÷आफ्नो क्षेत्रहरुमा बजेट आउदैन भन्छन तर नेपाल सरकारले पठाएको बजेट मध्ये प्रदेश सरकारले ठुला ठुला बजेटहरु दम्पच गर्न कुनै कसर नराख्ने तरखरमा लागेको यहि घटनाले दर्शाएको छ । प्रदेश सरकारले जनकपुरमा रंगशालाको निर्माण गर्ने निर्णय के सही हो त ? बिषयमा बारा, पर्सा र रौतहटवासीहरु संग बुझदा बिभिन्न किसिमका प्रतिक्रिया आयो । बारा र पर्सा जिल्लामा जन्मेका हुर्केका नेताहरु हालका दिनहरुमा मन्त्रालय चलाएका छन् । जन्मीनु र हुर्केकाका कारण आफ्नो क्षेत्रहरुमा विकास गर्दा कतै जनकपुरवासी नराम्रो भन्दैन्न भन्ने डरले पनि मन्त्री ज्यूहरु यसो गर्या होलान । तर मन्त्री ज्यूहरु तपाईले चुनाव लडनु भएकै बारा र पर्साबाट हो । जित्नु पनि भएको बारा र पर्साबाट हो । तपाईहरु आफ्नो स्वार्थको लागि कसैलाई काखा र कसैलाई पाखाको दृष्टिले हेर्न मिल्दैन भन्दै अहिलेको समयमा बारा र पर्सा जिल्लाको बिभिन्न ठाउहरुबाट अवाज उठन थालेको छ । प्रदेश नम्बर २ मै रहेको नारायणि रंगशालालाई बेवास्ता गर्दै अर्को ठाउमा रंगशाला निर्माण गर्नुको कुनै औचित्य नरहेको बारा, पर्सावासीहरु बताउछन् । कतिपय ठाउहरुमा त प्रदेश नम्बर २ को मन्त्री ज्यूहरु कमिसनमा लागेको कुरा चर्चा परिचर्चा हुन थालेको छ ।
प्रदेश नम्बर २ कै राजधानि जनकपुरमा रंगशाला निर्माण नगरी हुदैन तर सबभन्दा पहिला प्रदेशको सबैभन्दा ठुलो रंगशालालाई संरक्षण र निर्माण गर्नुपर्दछ तर प्रदेश सरकारले यस्ता कार्य गर्दा बेवास्ता नै गरिएको चर्चा÷परिचर्चा हुनु थालेको हो । प्रदेश सरकारले सबभन्दा पहिला सबै भन्दा ठुलो रहेको रंगशालालाई प्राथमिक्ता दिनुको साटो झन बेवास्ता गरेको आरोप वीरगंजवासीहरुको छ । तसर्थ ः यस बिषयमा प्रदेश सरकारको ध्यान जान अति आवश्यक देखिएको छ ।

Leave A Reply

Your email address will not be published.