Ultimate magazine theme for WordPress.

प्रदेश र केन्द्रिय स्तरका नेताकै इशारामा नारायणी सिचाईको जग्गा अतिक्रमण भएको दावी

97

बारा, २१ जेष्ठ / बारा जिल्लाको प्रसौनी गाउपालिका वडा नम्बर १ स्थित रहेको नारायणी सिचाईको जग्गा कृषि सहकारी संस्थाले अतिक्रमण गरेको पाइन्छ । प्रदेश र केन्द्रिय स्तरका नेताहरुकै इशारामा नारायणी सिचाईको नाममा रहेको करिब २ कठा जग्गा कृषि सहकारी संस्थाले अतिक्रमण गरेको पाइएको हो ।
नारायणी सिचाई र स्थानीय पालिकाले पटक पटक जग्गा अतिक्रमण बारे सुचना प्रकाशन गरी अतिक्रमित जग्गामा कुनै किसिमको भौत्तिक संरचना निर्माण नगर्न निर्देशन दिएको बताइन्छ । तर भुमाफियाको कब्जामा रहेका उच्च स्तरका नेताहरुको इशारामा कृषि सहकारी संस्थाले नारायणी सिचाईको करिब २ कठा जग्गा अतिक्रमण गरी भवन निर्माणको कार्य अगाडी बढाएको पाइएको हो । जग्गा अतिक्रमण भएको बिषयमा स्थानीय प्रसौनी गाउपालिका निवासी अवधकिसोर प्रसाद जैश्वालले पटक पटक सम्बन्धीत निकायमा धाइरहदा समेत केहि वास्ता नभएको जिकिर गरे ।
उनले बृद्धकालमा पनि जग्गा अतिक्रमणको बिषयमा प्रदेश स्तरीय नेतादेखि केन्द्रिय स्तरका नेतासम्म धाइरहेको बताए । तर त्यहि नेताहरुबाट उल्टो सुल्टो जवाफ आउन थालेपछि बाध्य भएर मिडियामा आउनु परेको, उनले बताए । उनका अनुसार नारायणी सिचाईको नामले आफ्नो जग्गा योगदानमा दिएपनि उक्त जग्गामा निजि कृषि सहकारी संस्थाले भवन निर्माण गरिरहेको बताए । त्यतिमात्र नभई जैश्वालले नारायणी सिचाईको जग्गा अतिक्रमण गरेको बारे पटक पटक जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय लगायत सम्बन्धीत ठाउहरुमा धाइरहदा समेत केहि वास्ता नदेखाएको आरोप लगाउनु भयो ।
दिनप्रति दिन बढ्दै गएको जग्गा अतिक्रमणको घटना दोहोरि रहदा समेत सम्बन्धीत निकाय भने मौन नै धारण गरेको पाइन्छ । नारायणी सिचाईको जग्गा कृषि सहकारी संस्थाले अतिक्रमण गरेको बारे संचारकर्मीहरुको टोली जिल्ला प्रशासन कार्यालय बारामै पुगेका थिए । तर जिल्ला प्रशासन कार्यालय बाराका प्रमुख जिल्ला अधिकारी नवराज सापकोटा भने आफु मिटिङमा रहेको भन्दै पन्छिन खोज्नु भयो । उहाले कुनै समाचारको प्रतिकृया लिनु छ भने २ बजे तिर आउन आग्रह गर्नुभयो । प्रमुख जिल्ला अधिकारी सापकोटाको आग्रहमा पुनः २ बजेतिर संचारकर्मीहरुको टोली जिल्ला प्रशासन कार्यालय पुग्दा अनुपस्थित हुनुको साथै फोन उठाउन समेत मानेका थिएन्न ।
यता जग्गा अतिक्रमण बारे स्थानीय प्रसौनी गाउपालिकाका अध्यक्ष बिनोद प्रसाद जैश्वालले स्थानीय निर्वाचन भन्दा अगाडी स्थानीय सरकारले कृषि सहकारी संस्था भवन निर्माणको लागि बजेट बिनियोजनको साथै कार्य आदेश नै दिएको बताउनु भयो । यसपालिको स्थानीय तह निर्वाचन पश्चात उक्त जग्गाको बिषयमा नारायणी सिचाईले आफ्नो अधिनमा रहेको जग्गा भएको पत्र पठाउनसाथ काम रोक्का नै गरेको बताए ।
नारायणी सिचाईको जग्गामा कृषि सहकारी संस्थाले निर्माण गरिरहेको भवनको काम रोक्का गरिरहेपनि हैकमवादी तरिकाले निर्माण कार्य गर्दै आएको प्रसौनी गाउपालिकाका अध्यक्ष बिनोद प्रसाद जैश्वालले बताउनु भयो । उहाले प्रति दिन राति राति कृषि सहकारी संस्थाले भवन निर्माणको कार्य अगाडी बढाउदै गएको स्विकार गरे । स्थानीय प्रहरी प्रशासन समक्ष समेत निर्माण कार्य रोक्काको बिषयमा परिपत्र गरेपनि निर्माण कार्य किन नरोकिन बारे प्रष्ट पार्न सक्नु भएन ।
जग्गा अतिक्रमण बारे ठुला बडाको हात रहेकै कारण कृषि सहकारी संस्थाको भवन निर्माण कार्य रोकिन नसकिएको स्थानीयले तर्क दिएका छन । स्थानीयका अनुसार बाराको निर्वाचन क्षेत्र नम्बर ४ का सांसद किशान श्रेष्ठ र प्रदेश सभा सदस्य तथा लोसपाका प्रदेश अध्यक्ष समेत रहनु भएका जितेन्द्र सोनल भने मौन धारण गरेको पाइन्छ ।

Leave A Reply

Your email address will not be published.