Ultimate magazine theme for WordPress.

प्रचण्ड सरकारलाई अर्काे झट्का, गच्छदारले पनि समर्थन फिर्ता लिने निर्णय

46

काठमाडौं, १७ चैत्र । मधेशी जनअधिकार फोरम नेपाल (लोकतान्त्रिक) अध्यक्ष विजयकुमार गच्छदारले सरकारलाई दिएको समर्थन फिर्ता लिने भएका छन् ।

दुई दिनसम्म चलेको पार्टीको कार्यसम्पादन समितिको बैठकले सो निर्णय गरेको हो । स्थानीय चुनावको वतावरण बनाउन नसकेको, मधेशको माग पुरा गर्न नसकेको, सरकार समक्ष राखेको माग पूरा गर्न नसकेको कारण देखाउँदै सरकारबाट समर्थन फिर्ता लिने निर्णय भएको पार्टी स्रोतले जनाएको छ ।
राप्रपाका अध्यक्ष कमल थापासँगै सरकारमा जाने तयारी रहेपनि मन्त्रालयको कुरा नमिलेपछि पार्टीका अध्यक्ष गच्छदार ब्याक भएका थिए । बैठकमा पार्टीका नेताहरुले अहिलेको अवस्थामा पार्टीको भूमिका के ? नसरकारमा छ, नआन्दोलनमा, नप्रतिपक्षमा छ, पार्टी यता नउताको भएको छ, त्यसैले कुनै नकुनै निर्णय लिनुपर्ने दवाव दिएपछि अध्यक्ष गच्छदारले सरकारबाट समर्थन फिर्ता लिनेमा सहमत भएको बताइन्छ ।
पार्टीका महासचिव भर्तेन्दु मल्लिकका भने, सरकारलाई आफ्नो पार्टीले समर्थन गरेपनि त्यसले हालसम्म मधेशको हितमा कुनै पनि कार्य नगरेको, स्थानीय चुनावको वतावरण बनाउन नसकेको, मधेशवादी दलले राख्दै आएको माग पूरा नगरेको कारण सरकारलाई समर्थन दिनुको औचित्य नरहेको विषयमा छलफल भएको छ तर आजैको आजै लिदैन ।’
सविधान संशोधन विधेयक संसदमा पेस भएको छ, तर हालसम्म त्यसलाई पास गराउने पक्षमा सरकार नदेखिएको बताउँदै महासचिव मल्लिकले आफ्नो पार्टीले विगतमा राखेको आठ प्रदेशको खाका नै अहिलेको विवादको समाधानको विन्दु रहेको ठहर बैठकले गरेको बताए । यसै अवस्थामा चुनावमा भाग लिने कि नलिने विषयमा पनि पार्टीमा छलफल भएको बताइएको छ ।

आन्दोलनका कार्यक्रम पनि तयारी भइरहेको छ, त्यसको बारेमा भोली पत्रकार सम्मेलन गरेर जानकारी गराउने मल्लिकले जानकारी गराए ।

पार्टीहरुसँग एकीकरणका लागि छलफल खुल्ला गरेको छ । मधेशवादी दललगायत अन्य गैरदलहरुसँग एकीकरण गर्नका लागि पहल गर्ने पार्टीले निर्णय गरेको छ ।

गच्छदारद्धारा गल्ति स्वीकार

एमालेका अध्यक्ष केपी शर्मा ओलीको सरकारलाई समर्थन गरेर गल्ती गरेको कुरा अध्यक्ष गच्छदारले बैठकमा स्वीकार गरेको पार्टीका एक नेताले बताए ।
ओली सरकारलाई समर्थन गरेको कारण पार्टीलाई ठूलो क्षति भएको कुरा बैठकमा उठेपछि गच्छदारले सो कुरा स्वीकार गरेको बताइन्छ । मधेशमा आन्दोलन चलिरहँदाकै अवस्थामा गच्छदार ओली नेतृत्वको सरकारमा गए थिए ।
अ‍ोली नेतृत्वको सरकारमा गएपछि पार्टीभित्र अध्यक्ष गच्छदारको निकै आलोचना भएको थियो । त्यसबेला धेरैले पार्टी पनि छाडेका थिए । पार्टीका उपाध्यक्ष रामेश्वर राय यादवले बोलचाल नै बन्द गरिसकेका थिए ।

राप्रपाबाट धोका

केही दिन मात्र राप्रपाका कमल थापा सरकारमा नगएको भए प्रधानमन्त्री प्रचण्ड गलेर मधेशको माग पूरा गर्न बाध्य हुन्थ्यो, अध्यक्ष गच्छदारले आफ्नो विश्लेषण सुनाएका थिए ।

उनले बैठकमा भनेका थिए, कमलजीलाई केही दिन पर्खौ भनेको थिए तर उहाँ हतार गरेर जानु भयो, मलाई पनि जाउँ भन्नुभएको थियो । यदि उहाँ एक हप्ता मात्र सरकारमा नगएको भए सविधान संशोधन विधेयक पास गराउन सरकार बाध्य हुन्थ्यो ।’

बैठकमा बोल्ने क्रम सकिएको छ । निर्णय हुन बाँकी छ । उठेका विषयमा अध्यक्ष गच्छदारले जवाफ दिँदै भोलीको बैठकबाट केही निर्णयहरु सार्वजनिक हुँदैछ ।
आज पार्टी कार्यालयमा पार्टी प्रवेश कार्यक्रम रहेकाले बैठक बसेन भोली बस्नेछ ।

Leave A Reply

Your email address will not be published.