Ultimate magazine theme for WordPress.

पृथ्वी जयन्ती मनाउन आवश्यकः राष्ट्रपति भण्डारी

120

काठमाडौँ, पुस २५ : राष्ट्रपति विद्यादेवी भण्डारीले पृथ्वीनारायण शाहले मुलुकको एकीकरण गरी देशको पहिचान बनाएको बताउँदै राष्ट्रिय एकताका प्रतीकका रुपमा पृथ्वी जयन्तीलाई एकता दिवसका रुपमा मनाउन खाँचो रहेको बताएकी छन्। राष्ट्रिय प्रजातन्त्र पार्टीले पुस २७ गते आयोजना गर्ने ‘एकता दिवस’ को चियापान कार्यक्रममा निमन्त्रणा गर्न शीतल निवास गएका पार्टीका नेताहरुसित सो धारणा राखेकी हुन्।

राप्रपा नेताहरुले राष्ट्रपतिलाई पृथ्वी जयन्तीमा सार्वजनिक विदाको माग गरेका थिए। प्रत्येक वर्ष पृथ्वी जयन्तीका अवसरमा राष्ट्रिय प्रजातन्त्र पार्टीले औपचारिक रुपमा एकता दिवस तथा चियापान गर्दै आएको छ। राष्ट्रपति भण्डारीले उक्त दिन सहभागी हुनका लागि छलफल गरी समयमा पार्टीलाई सूचना उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरेको राप्रपाका प्रमुख सचेतक गिरीले बताए।  पार्टीले गिरीलाई राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री तथा संवैधानिक निकाय, राजनीतिक दल, कूटनीतिक निकाय लगायतलाई निमन्त्रणाको जिम्मेवारी दिएको जनाएको छ। रासस

Leave A Reply

Your email address will not be published.