Ultimate magazine theme for WordPress.

पूर्व मन्त्री यादवको गाउबाटै मत नपाउने संकेत, स्वतन्त्र उम्मेदवारी दिएका साहले गरे द्विवेदीलाई समर्थन

57

पर्सा ३० कात्तिक । पर्सा जिल्ला निर्वाचन क्षेत्र नम्बर १ बाट जसपा एमाले गठबन्धनका उम्मेदवार प्रदिप यादवको आफ्नै गाउबाट मत नपाउने संकेत देखा परेको छ । पूर्व वन तथा वातावरण मन्त्री प्रदिप यादवको आफ्नै गाउ मनियारीबाट प्रतिनिधि सभा सदस्य पदको लागि मत नपाउने संकेत देखा परेको हो ।
पर्सा निर्वाचन क्षेत्र नं. १ बाट स्वतन्त्र उम्मेदवारी दिएका लक्कीचन साहले मंगरबार एक भव्य कार्यक्रमका बीच क्षेत्र नं. १ बाटै अर्का स्वतन्त्र उम्मेदवारी दिएका अजय द्विवेदीलाई समर्थन गरेका छन् । स्वतन्त्र उम्मेदवार साहको चुनाव चिन्ह चापा कल छाप लिएर चुनावी प्रचार प्रसार गरिरहेपनि उनले मंगलवार माछा छापका उम्मेदवार द्विवेदीलाई समर्थन गरेका हुन् ।
वीरगंज महानगरपालिका वडा नं. २२ मनियारी निवासी स्वतन्त्र उम्मेदवार साहले द्विवेदी विकास प्रेमी, स्वच्छ छविका नेता भएकोले उनलाई समर्थन गरेको बताए ।
पर्सा क्षेत्र नं. १ बाटै पूर्व वन तथा वातावरण मन्त्री प्रदीप यादव पनि जसपा एमाले गठबन्धनबाट चुनाव लडेका छन् । पूर्व मन्त्री यादवकै गाउँबाट स्वतन्त्र उम्मेदवारी दिएका साहले यादव चुनाव जिती मन्त्री बने पनि उनले गाउँको लागि केही नगरेकोले स्वतन्त्र उम्मेदवार द्विवेदीलाई समर्थन जनाएको बताए ।
पूर्व मन्त्री यादव पाँच वर्षको आफ्नो कार्यकालमा आफ्नो गाउ, क्षेत्रमा विकास गर्नुको सट्टा हैकमवादी चलाएकोले बाध्य भएर आफुले स्वतन्त्र उम्मेदवारी दिएको बताउदै साहले अब कुनै पनि दललाई भोट दिनुभन्दा स्वतन्त्र नै ठिक लागेकोले समर्थन जनाएको बताए ।

मनियारी मै एक भव्य कार्यक्रमका बीच उम्मेदवार साहको नेतृत्वमा सयौं जनाले उम्मेदवार द्विवेदीलार्ई टिका, माला लगाएर जितको अग्रिम शुभकामना दिएका थिए ।
सो अवसरमा साहले जनाएको समर्थन प्रति स्वतन्त्र उम्मेदवार द्विवेदी धन्यबाद दिदै आफु निर्वाचित भए पछि यो गाउ, क्षेत्रका सम्पूर्ण जनताको दुःख, सुखमा काधमा काध मिलाएर अगाडि बढने बताए । चुनावका बेला दलका नेताहरुले विभिन्न प्रलोभन दिएर भोट लिन्छन् तर जितेर गएपछि जनताको वास्ता नगरी कुर्सीमै रमाउने गरेकोले अब त्यस्ता नेताहरुलाई तह लगाउने समय आएको बताए ।
स्वतन्त्र उम्मेदवार साहले जनता सँग गरेका हरेक प्रतिबद्धताहरु अब आफ्नो पनि प्रतिबद्धता भएकोले जनताको आसा र विश्वास अलिकति पनि गुम्न नदिने बताउदै द्विवेदीले आफ्नो चुनाव चिन्ह माछा छापमा मतदान गर्न सम्पूर्णमा आग्रह गरेका थिए ।

Leave A Reply

Your email address will not be published.