Ultimate magazine theme for WordPress.

पूरानै दरमा बिक्री बितरण हुँदै पेट्रोलियम पदार्थ, ठगिदै ग्राहक, सम्बन्धित निकाय मौन

169

पर्सा, २ असार / भारतिय आयल निगम रक्सौलको पाइपमा समस्या हुदा ४ दिनदेखी आयात हुन नसकेको पेट्रोलियम पदार्थ आइतबार साझदेखि आयात हुन थालिएको छ । आइतबार साझबाट पेट्रोलियम पदार्थ आयात हुन थालिएपछी सर्वसाधारणलाई राहत भएपनी पेट्रोल पम्पले पूरानै दरमा बिक्री बितरण गर्न थालिएका हुन ।
असार १ गते नेपाल आयल निगमले सबै जसो पेट्रोलियम पदार्थमा प्रती लिटर २ रूपैया घटाइएको बताएपनि पेट्रोल पम्प सन्चालकले आफ्नो मनोमानी पाराले पूरानै दरमा बिक्री बितरण गर्न लागेका हुन । नेपाल आयल निगमले बारा र पर्सा जिल्लाको लागि ३ सय क्याल मात्र पेट्रोलियम पदार्थ बितरण गरिदा पेट्रोल पम्प सन्चालकहरूले समेत आफ्नो मनोमानी पाराले बिक्रि बितरण गर्न लागिएका हुन । नेपाल आयल निगम बिरगंजको निर्णय अनुसार बारा र पर्सा जिल्लामा मात्र ३ सय क्याल बितरण गरिदा ग्राहकलाइ पेट्रोल पम्प सन्चालकले खुल्याम ठग्दै गरेको सजिलै हेर्न सकिन्छ ।
बारा र पर्सा जिल्लामा करीब ६ सय क्याल भन्दा बढी पेट्रोलियम पदार्थ खपत हुने ठाउमा मात्र ३ सय क्याल नेपाल आयल निगम बिरगंजले बितरण गर्न लागिएको बताइएको छ । नेपाल आयल निगमले एकलौटी रूपमा गरेको निर्णयले गर्दा सर्वसाधारणलाई पेट्रोल पम्प संचालक खुल्याम तरिकाले ठगिदै आएको बताइन्छ । नेपाल आयल निगम बिरगंजका प्रमुख रामकुमार न्योपानेले समेत यस तर्फ ध्यान नदिएकोले ग्राहक ठगिदै आएको कर्मचारी श्रोतले जनाएको छ ।
पेट्रोल पम्प सन्चालकहरू मनोमानी पाराले पूरानै दरले पेट्रोलियम पदार्थ बिक्री बितरण गर्न लागिएपनि सम्बन्धित निकाय मौन रहेका छन । यस बिषयमा अनुगमन गर्ने निकायको ध्यान जान अति अवाश्यक देखिन्छ ।

Leave A Reply

Your email address will not be published.