Ultimate magazine theme for WordPress.

पर्सा प्रहरीद्वारा मदिरा भठ्ठि नस्ट

120

उमेश दुबे
पर्सा, २२ चैत्र ÷ पर्साको उदयपुर घुर्मिमा संचालित मदिरा भठि पर्सा प्रहरीले नष्ट गरेको छ । केही दिनदेखी संचालनमा रहेको मदिरा भठी पर्सा प्रहरीले नष्ट गरेको हो ।
वडा प्रहरी कार्यालय श्रीपुरका प्रमुख प्रहरी निरीक्षक चक्र मल्लको निर्देशनमा इलाका प्रहरी कार्यालय सुगौली बिर्ता र प्रहरी चौकी उदयपुर घुर्मिको संयुक्त टोलीद्वारा मदिरा भठी नष्ट गरिएको हो । केही दिनेदेखी संचालनमा रहेको मदिराभठीको सूचना आउनसाथ संयुक्त रुपमा गई नष्ट गरिएको प्रहरी निरीक्षक मल्लले जानकारी दिनुभयो । वीरगंज महानगरपालिका वडा नं. २७ उदयपुर घुर्मीमा संचालन रहेको भठीको बिषयमा सूचना आउनसाथ छापामारी नष्ट गरिएको बताउनु भयो । ४ वटा ड्रममा रहेको करिब ३ सय लिटर तयारी मदिरा बरामद गरी नष्ट गर्नुको साथै भठी समेत नष्ट गरिएको प्रहरी निरीक्षक चक्र मल्लले जानकारी दिनुभयो ।

Leave A Reply

Your email address will not be published.