Ultimate magazine theme for WordPress.

पर्सा जिल्लामा क्राइम टोलीको सक्रियता, अपराधी र तस्कर समूहमा हडकम्प

475

उमेश दुबे
पर्सा, १३ फाल्गुन ÷ जिल्ला प्रहरी कार्यालय पर्सामा भर्खरै आउनु भएका प्रहरी उपरीक्षक गंगा पन्तले क्राइम टोली परिचालन गर्नसाथ जिल्लाको बिभिन्न ठाउहरुमा निगरानी बढाइएको छ । नेपाल प्रहरीको पहिलो प्राथमिक्ता शान्ति सुरक्षाको साथ साथै सीमामा समेत निगरानी बढाइएको हो ।
पर्सा जिल्लाको बिभिन्न स्थानमा क्राइम टोलीले निगरानी बढाउनुको साथै सीमाबाट हुने अवैध क्रियाकलापमा समेत निगरानी बढाइएको पाइएको छ । क्राइम टोलीले निगरानी बढाउनसाथ हत्या, हिंसा र तस्करी गर्ने गिरोहहरु अन्यत्र जिल्लामा प्रवेश भएका छन् । आफ्नो कार्यलाई इमान्दारीता पूर्वक निर्वाह गरिरहेको बारे यस पटकको घटनाले मिसाल कायम गरेको पर्सेली जनताको भनाई रहेको छ ।
पर्सा जिल्लामा अपराधी क्रियाकलाप बढ्न नदिने र अपराध गरी लुकेर बसेकाहरुलाई तह लगाउने प्रहरी उपरीक्षक पन्तको आदेश आउनसाथ जिल्ला प्रहरी कार्यालय पर्साको क्राइम टोलीले सक्रियता बढाएको छ । पर्सा जिल्लाको शहरी तथा ग्रामिण भेगहरुमा समेत निगरानी बढाइएको क्राइम टोली प्रमुख प्रहरी निरीक्षक रबिभुषण यादवले बताउनु भयो । उहाले आफ्नो कांध माथि राखिएको जिम्मेवारीलाई पूर्ण इमान्दारीता रुपले गर्ने र असत्य अगाडी कहिल्य पनि नझुक्ने बताए ।
जिल्ला प्रहरी कार्यालय पर्सामा पहिलो चोटी महिला प्रहरी प्रमुख आएको र आउनसाथ क्राइम टोलीको माध्यमले कडा निगरानी बढाइएको पर्सेली जनताको भनाई रहेको छ । पर्सेली जनताले जिल्ला प्रहरी कार्यालय पर्साको क्राइम टोलीले निगरानी बढाए पश्चात शान्ति सुरक्षाको प्रत्याभुती भएको बताउछन् । रातिको समयमा जाड रक्सी खाई होहल्ला गर्ने, चोरी गर्ने गिरोहहरुमा कमि आएको वीरगंजेली जनताले बताएका छन् ।
प्रति दिन चोरीको घटनाले वीरगंजेली जनता त्रासमा थिए तर हालको समयमा क्राइम टोलीको कार्यले नडराइ सुत्नु पर्ने वातावरण बनेको रानिघाट निवासी निपु उपाध्यायले बताए । वीरगंजको बिभिन्न ठाउहरुमा चोरीको घटना बढेको थियो, उहाले भन्नु भयो । तर हालको दिनमा प्रहरीको सक्रियताले चोरीको क्रम घटेको छ, उपाध्यायले बताए ।
भनिन्छ प्रहरीले चाहे मन्दिरको अगाडीबाट एउटा चप्पल चोरले चोरी गरेर लान सक्दैन, त्यस कुराको चरितार्थ हालको समयमा पर्सा प्रहरीको कार्यले प्रस्ट पारेको छ । जिल्ला प्रहरी कार्यालय पर्सामा प्रहरी उपरीक्षक गंगा पन्तको आग्मन र क्राइम टोलीको सक्रियताले पर्सेली जनता अमन र चयनको शास लिन पाइरहेका छन् ।

Leave A Reply

Your email address will not be published.