Ultimate magazine theme for WordPress.

पर्सामा २९ हजार भन्दा बढी मतदाता थपिए

89

वीरगन्ज, चैत्र १० : तीन वर्ष भित्र पर्सामा २९ हजार भन्दा बढी मतदाता थपिएका छन् । २०७० साल मंसिर ४ गते सम्पन्न दोस्रो संविधान सभा निवार्चनको तुलनामा हाल २९ हजार सात सय ७४ जना मतदाता थपिएका हुन् ।

दोस्रो संविधान सभा निर्वाचनका लागि पर्साबाट दुई लाख ५१ हजार ८ सय ४६ जना मतदाता रहेका थिए भने २०७३ फागुन ९ गतेसम्म संकलन गरिएको  लगत अनुसार पर्सामा दुई लाख ८१ हजार ६ सय २० जना मतदाताको सख्या पुगेको जिल्ला  निवार्चन कार्यालय पर्साले जनाएको छ  । २०७० सालमा सम्पन्न निर्वाचन भन्दा हाल २९ हजार सात सय ७४ जना मतदाता थपिएको जिल्ला निवार्चन कार्यालयका प्रमुख हुमनाथ पोखरेलले जानकारी दिनुभयो । उहा“ले स्थानिय तह निवार्चनकालागि पर्सामा एक लाख ६० हजार एक सय ३४ पुरुष, एक लाख २१ हजार४ सय ७१ महिला र १५ जना तेस्रो लिङगी मतदाता रहेको  बताउनु भयो ।

बैशाखमा हुने भनिएको स्थानिय तह निवार्चनका लागि मतदान केन्द्र र्निधारणको सम्बन्धित कार्यालय तथा राजनीतिकका प्रतिनिधीहरुसंग छलफल चलिरहेको निवार्चन अधिकृत पोखरेलले जानकारी दिनु भयो । उहा“ले २०७० सालमा सम्पन्न संविधान सभा निवार्चनका लागि पर्सामा एक सय ५६ मतदान स्थाल र्निधारण गरिएको थियो भने यसपाली मतदाताको संख्या थपिएको र स्थानिय तह समेत पुर्नसंरचना गरिएकाले मतदान केन्द्र थपिने अवस्था रहेको बताउनु भयो । दलका नेता तथा स्थानिय प्रशासनसंगको छलफलम स्थानिय तह निवार्चनका लागि एक सय ६२ सम्म मतदान केन्द्र थपिने अवस्था रहेको निवार्चन अधिकृत पोखरेलले जानकारी दिनुभयो ।

Leave A Reply

Your email address will not be published.