Ultimate magazine theme for WordPress.

पर्सामा स्वतन्त्र उम्मेदवारहरुको लोकप्रियता बढ्दै

289

पर्सा, ३० असोज / पर्सा जिल्लाको अधिकांश क्षेत्रहरुमा स्वतन्त्र उम्मेदवारहरुको लोकप्रियता बढ्दै गएको छ । पर्सा जिल्लाको अधिकांश क्षेत्रहरुमा सताधारी लगायत गठबन्धनले हालसम्म केही प्रगति गर्न नसकेको भन्दै स्वतन्त्र उम्मेदवारहरुको लोकप्रियता बढ्दै गएको हो ।
निर्वाचनको समयमा ठुलठुला भाषण गर्ने नेताहरु निर्वाचित भइसके पश्चात मुख समेत देखाउन नआउने र आएपनि आफ्नै पार्टीको नीति अनुरुप केही गर्न नसकेको भन्दै झुक्याउन थालेपछि यसपालिको प्रतिनिधि तथा प्रदेश सभाको निर्वाचनमा स्वतन्त्र उम्मेदवारलाई नै रोज्ने भन्दै पर्सेली जनताले प्रतिवद्धता व्यक्त गर्न थालेका छन । जनताको हक हितका लागी हुने निर्वाचनमा सताधारीहरु आफ्नो रोटी सेक्न थालेपछि यसपालिको निर्वाचनमा स्वतन्त्र उम्मेदवारलाई नै रोज्ने भन्दै पर्सेली जनताले प्रतिवद्धता गर्न थालेका हुन ।
मंसिर ४ गते हुन गइरहेको प्रतिनिधि तथा प्रदेश सभाको निर्वाचनमा क्षेत्र नम्बर १ बाट स्वतन्त्र उम्मेदवारी दिएका अजय दुवेदी, १ को (क)बाट स्वतन्त्र उम्मेदवारी दिएका सुधिर पटेल र १ को (ख)बाट स्वतन्त्र उम्मेदवारी दिएका राकेश दुवेलाई नै रोज्ने, क्षेत्र नम्बर १ का जनताले प्र्रतिवद्धता जनाएका छन । यसपालिको निर्वाचनमा चोर, अपराधी, तस्कर, भ्रष्टाचारीलाई कुनै सर्तमा निर्वाचित हुन नदिन भन्दै स्थानीयले आक्रोश समेत पोखे । मंसिर ४ गते हुन गइरहेको प्रतिनिधि तथा प्रदेश सभाको निर्वाचनमा जनताले चाहेको र मनमा रोजेकोलाई नै नेतृत्व दिने स्थानीयले बताए ।
स्थानीयले जनाए अनुसार जनताले आफ्नो अमुल्य मत दिने तर निर्वाचित भइसके पश्चात सांसद र मन्त्रीहरु आफ्नो खल्तीको मत हो भन्दै अन्यत्र प्र्रदेशमा गइ भाषणवाजी गर्नेहरुको घमण्ड यसपालि टुट्ने बिश्वास ब्यक्त गरेका छन । पद र पावरको घमण्ड भएका पूर्व मन्त्री सहित प्रदेशका मुख्यमन्त्री लगायतले यसपालिको निर्वाचनले एउटा नया पाठ समेत सिक्ने स्थानीयले बताएका छन ।
स्वतन्त्र उम्मेदवारी दिनेहरुको संख्यामा बढोत्तरी भएपनि यसपालिको निर्वाचनमा विकासको काम गर्न सकिने, जनताको मर्म केन्द्रसम्म पुरयाउन सक्नु पर्ने तथा जनताको सुःख, दुःखमा सहयोग गरिरहेकै युवालाई अगाडी बढाई केन्द्रसम्म पुरयाउने स्थानीय जनताले प्रतिवद्धता व्यक्त गरेका छन । जनताले आफ्नो अमुल्य मत पार्टीको लागी होइन, जनताको लागी दिइने गरेको बताउदै निर्वाचित भएकाहरु जनता माझ लोकप्रिय बन्न नसकेको समेत दावी गरे । वीरगंजको सपना मात्र स्वतन्त्र उम्मेदवारले नै पुरा गर्न सक्ने भएकाले यसपालिको निर्वाचनमा स्वतन्त्र उम्मेदवारलाई नै निर्वाचित गराउने स्थानीयहरुको भनाई रहेको छ ।

Leave A Reply

Your email address will not be published.