Ultimate magazine theme for WordPress.

पर्साको सीमा नाका हुँदै करोडौको तस्करी, प्रहरी प्रमुख मुखदर्शक

385

पर्सा, १३ श्रावण / पर्सा जिल्लाको श्रीसिया, अलौ नाका हुँदै प्रती दिन करोडौको तस्करी भइरहेपनी प्रहरी प्रमुखहरू मौन बसेका छन । आफुलाइ इमान्दार ठान्ने प्रहरी प्रमुखहरू बिरगंजमा लक डाउन लगाएको समयमा तस्करी सङ्ग साटघाट गरि बिरगंज भन्सार हुँदै रजनीगन्धा, श्रीसिया हुँदै हार्डवेयर, कपडा र त्यस्तै अलौ नाका हुँदै कपडा र चल्लाको तस्करीको लाइन दिएका छन भने जानकी टोलाबाट चल्लाको तस्करी लाइन दिएको स्थानीयहरूले जनाएका छन ।
नेपाल र भारतको सीमा हुँदै नेपाल भित्रिने अड्डाको रूपमा बाराको बलिराम रहेको गलत समाचार प्रवाह गर्दै पर्सा प्रमुख जिल्ला अधिकारी लगायत द्वय एसपीले पर्सा जिल्लाको नाकाहरूलाइ कमाइ खाने अड्डा बनाएका छन । बिरगंज भन्सार हुँदै दिनहु सयौ नागरिक नेपालबाट भारत र भारतबाट नेपाल जान आउने गरेका छन । सीमामा खटिएका प्रहरीलाई ५ सय रूपैया दिए पश्चात् प्रहरीले नै नेपाल भित्रयाउने गरेको एक जना भारतीय नागरिकले बताए । उहाले आफू भन्सारकै छेउमा बसोबास गर्दै आएको कारण आफ्नो नाम नछाप्ने सर्तमा भन्सारबाट दिनहु उठेको रकम सशस्त्र प्रहरी नायब उपरीक्षक अमर खत्री र सशस्त्र प्रहरी उपरीक्षक दिपेन्द्र कुवर बिच बाडफाड हुने गरेको कुरा बताए ।
आफ्नो ससुरो नेपाली काङ्ग्रेसका सभापती शेरबहादुर देउवा रहेको फुर्ती हेराउदै सशस्त्र प्रहरी उपरीक्षक कुवरले सीमा नाकालाइ कमाइ खाने भाडो बनाएको बताए । पार्टी सभापति देउवाको ज्वाइँ भएकै कारण सशस्त्र प्रहरीका उच्च अधिकारीले समेत केही कारवाही गर्न नसकेको सशस्त्र प्रहरीका उच्च अधिकारीले बताए । उनका अनुसार सशस्त्र प्रहरी संगठनका प्रमुख आइजिपी र पार्टी सभापती देउवा बिच राम्रो सम्बन्ध भएकै कारण संगठनले कारवाही गर्न नसकेको बताउनु भयो ।
सशस्त्र प्रहरी संगठन नै नेताहरूको इशारामा चल्न थालेपछी पर्सा जिल्लाबाट हुने अबैध क्रियाकलाप हालसम्म नरूकिएको बताइन्छ ।

Leave A Reply

Your email address will not be published.