Ultimate magazine theme for WordPress.

पर्साको ग्रामीण क्षेत्रबाट भारी मात्रामा पेट्रोलयम पदार्थकाे तस्करी

81

पर्साको ग्रामीण क्षेत्रबाट अहिले भारी मात्रामा पेट्रोलयम पदार्थ तस्करी भइरहेको समाचार प्राप्त भएको छ ।

वीरगंज, चैत्र १० : विगतको तुलनामा आयल निगमले उपलब्ध गराउँदै आएको पेट्रोलियम पदार्थको अहिले माग व्यापक मात्रामा बढेको आयल निगम क्षेत्रीय कार्यालयका प्रमुख उपेन्द्र नेपालले बताए ।

मङ्सिरको तुलनामा अहिले चैत र फागुनमा आयल निगमबाट पर्साका डिलरहरूले तेब्बर पेट्रोलियम पदार्थ लगेको आयल निगमको तथ्याङ्कमा उल्लेख छ । सो कार्यालयले उपलब्ध गराएको तथ्याङ्क अनुसार पर्सामा मङ्सिरमा पेट्रोल ५ लाख ७९ हजार, डिजेल ३० लाख ६९ हजार लिटर वितरण गरेको छ ।

फागुनमा डिजेल ३२ लाख २७ हजार लिटर, पेट्रोल ७ लाख २६ हजार लिटर वितरण गरेको छ । त्यसैगरी चैत ८ गतेसम्म डिजेल ८ लाख ३८ हजार लिटर, पेट्रोल २ लाख लिटर गरी १० लाख ४१ हजार लिटर पर्साका पेट्रोल पम्पहरूलाई उपलब्ध गराएको कार्यालय प्रमुखले जनाएका छन् ।

कार्यालयको तथ्याङ्क अनुसार पोखरियाको कृष्णा आयललाई १ लाख ५५ हजार लिटर डिजेल, पेट्रोल, समानी आयल लङ्गडीलाई १ लाख ५७ हजार, इस्लाम आयल धोबिनीलाई ७३ हजार लिटर, मन्दिप आयललाई १ लाख लिटर, चन्द्रज्योति आयललाई ९२ हजार लिटर डिजल, पेट्रोल उपलब्ध गराएको उल्लेख छ।

नेपालभन्दा भारतमा इन्धनको मूल्य  वृद्धिपछि तस्करी बढेको छ । रातिको समयमा आयल स्टोरका सञ्चालकहरूले ग्यालेन र ड्रममा पेट्रोलियम पदार्थ भारततर्पm पठाउने गरेको स्थानीयहरूले जनाएका छन् । भिस्वा र जानकीटोला नाकाबाट अहिले व्यापक मात्रामा पेट्रोलियम पदार्थ भारततर्पm तस्करी हुने गरेको प्रत्यक्षदर्शीले बताएका छन् । स्थानीय प्रहरी प्रशासनलाई प्रलोभनमा पारी तस्करहरूले पेट्रोलियम पदार्थको तस्करी गरिरहेका छन् । ग्रामीण क्षेत्रमा पेट्रोलियम पदार्थको खासै बिक्री नहुने गरे पनि अहिले बिक्री बढेको तथ्याङ्कले देखाएको छ । किसानहरूलाई लक्षित गरी ग्रामीण क्ष्Fेत्रमा खोलिएका ती पेट्रोलपम्पहरूले निर्वाधरूपमा पेट्रोलियम पदार्थ भारततर्पm पठाउने गरेका छन् ।

यस विषयमा आयल निगमका क्षेत्रीय प्रमुख उपेन्द्र नेपालसँग बुझ्दा मागभन्दा धेरै कम मात्रामा पेट्रोलियम पदार्थ उपलब्ध गराएको बताए । भारततिर तस्करी हुने गरेको जानकारी भए पनि सुरक्ष्Fा निकायले चासो नदेखाएपछि केही गर्न नसक्ने बताए । यस विषयमा प्रहरी उपरीक्ष्Fक गोविन्दकुमार साहसँग बुझ्दा भारततर्पm तस्करी नभएको, किसानहरूले प्रयोग गरिरहेको बताएका छन् ।

Leave A Reply

Your email address will not be published.