Ultimate magazine theme for WordPress.

पर्साको अलौ नाका हुँदै करोडौको तस्करी, स्थानीय प्रहरी प्रशासन मौन

369

उमेश दुबे
पर्सा, १९ फाल्गुन / पर्साको अलौ नाका हुँदै नूनदेखि सुनसम्मको तस्करी तिब्र भएपनी स्थानिय सीमामा खटिएका प्रहरीहरू मौन बसेका छन । स्थानीय प्रहरी चौकी अलौ र बोर्डर आउट पोस्ट अलौले तस्करीको दर्जनौ मोटरसाइकल चलेपनी मौन बसेका हुन ।
भारतीय नम्बरको दर्जनौं मोटरसाइकलमा तस्करी कार्य तिब्र भएको स्थानीय बताउछन । स्थानीयले बताए अनुसार नेपालबाट भारततर्फ मरिच, छोकडा र केराउको तस्करी तिब्र रूपले अगाडी बढेको छ भने भारतबाट कपडा, हार्डवेयर, रजनिगन्धा, चल्ला, भैंसी लगायतका सरसमान अबैध तरिकाले नेपाल भित्रिने गरेको बताए ।
सीमामा डयूटी रहेका प्रहरीहरू ड्युटी खर्च उठाउछन भने चौकी र क्याम्पमा बसेका महामहिम हाकिम महिनवारी स्वरूप लाखौ रूपैया बुझिएको बताइन्छ । सशस्त्र प्रहरी बल १३ नम्बर गणका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक दिपेन्द्र कुवरले आफ्नो क्षेत्रमा निगरानी बढाउन निर्देशन दिएपनी अलौ नाकाबाट तस्करी सुचारू हुनु बिडम्बनाको बिषय बनेको छ । सशस्त्र प्रहरी उपरीक्षक कुवरले आफ्नो कार्य क्षेत्र भित्र पर्ने सबै युनिटलाइ कडा निगरानी निर्देशन दिएपनी वहाकै बिश्वासिला पात्रको रूपमा रहेको सशस्त्र प्रहरी निरीक्षक रबि थापाले लाइन सुचारू गरेको पाइन्छ ।
को हुन सशस्त्र प्रहरी निरीक्षक रबि थापा ?
सशस्त्र प्रहरी निरीक्षक रबि थापा बोर्डर आउट पोस्ट अलौका कमान्डर तथा प्रमुखको रूपमा चिनिन्छन । सशस्त्र प्रहरी उपरीक्षक दिपेन्द्र कुवरको नजिक र बिश्वासिलो पात्रको रूपमा मानिएको सशस्त्र प्रहरी निरीक्षक थापालाइ मानिने गरिएको सशस्त्र प्रहरी श्रोतले बताउछन । कारण हो, अलौ नाका हुँदै सशस्त्र प्रहरी उपरीक्षकको आफ्न्त नै तस्करीको कार्यमा सहभागिता । तस्कर संगठनको मुख्य नाइकेको रूपमा चिनिएका केही ब्यक्तिले आफ्नो काम गर्ने शैली बदलिएपनी तस्करी कार्यमा सहभागी रहेको बारे अडियो रेकर्डबाट प्रमानित भएको छ । सशस्त्र प्रहरी उपरीक्षकको आफ्न्त भन्दै तस्करी कार्यमा सन्लग्न हुदा बिश्वासिलो पात्रको रूपमा मानिने गरेको बताइन्छ ।
यता जिल्ला प्रहरी कार्यालय पर्साको प्रमुखको रूपमा आउनु भएका प्रहरी उपरीक्षक गङ्गा पन्तको आदेशलाई समेत स्थानीय प्रहरी चौकीले बेवास्ता गरेपनी कारवाही हुन जरुरी देखिएको छ । यस बिषयमा माथिल्लो निकायको ध्यान जान अति अवाश्यक देखिन्छ ।

Leave A Reply

Your email address will not be published.