Ultimate magazine theme for WordPress.

पर्साका नाकाहरुबाट तस्करहरुलाई पलायन गर्ने सशस्त्र प्रहरी उपरीक्षक शाहको प्रतिवद्धता

116

उमेश दुबे
बारा, १३ कार्तिक ÷ पर्साको सिमाना नाकामा बढदै गइरहेको तस्करी कार्यलाई पलायन गर्ने सशस्त्र प्रहरी उपरीक्षक प्रेम ध्वज शाहले बताउनु भएको छ । पर्साको ग्रामिण भेगदेखी लिएर शहरी भागहरुमा समेत तस्करीको सूचना आउन थालेपछि अभियान नै चलाएको बताउनु भएको हो ।
सिमा सुरक्षा कार्यालय पर्साका सशस्त्र प्रहरी उपरीक्षक शाहले आफ्नो कार्यकालमा सिमाना नाकाहरुबाट तस्करी नहुन दिनको लागि ब्यापक रुपमा प्रहरी परिचालन गरिएको बताउनु भयो । उहा“ले आज बिहान सुचना आउन साथ करिब ५ लाख बराबरको मालसमान पक्राउ गरिएको बताउनु भयो । पर्साको वीरगंज महानगरपालिकादेखी ठोरीसम्मको युनिटहरुलाई कडा निर्देशन दिएको निर्देशन स्वरुप काम नगरे कारवाही समेत गर्ने बताउनु भयो ।
सशस्त्र प्रहरी उपरीक्षक शाहले आफ्नो कार्यकालमा सिमाना नाकाहरुबाट कुनैपनि तस्करी हुन नदिन बताउनु भयो । आज जस्तै सुचना र सहयोग आउन थालेपछि केही दिनमै तस्करहरु पर्सा जिल्लाबाट पलायन हुने बताउनु भयो ।

Leave A Reply

Your email address will not be published.