Ultimate magazine theme for WordPress.

परिमार्जन विना संशोधन विधेयक अस्वीकार्यः फोरम नेपाल

44

काठमाडाैं, ८ माघ – संघीय समाजवादी फोरम नेपालले परिर्माजन विना संविधान संशोधन विधेयक स्वीकार नगर्ने निर्णय गरेको छ ।

मधेसी मोर्चा-संघीय गठबन्धनले राखेको २६ बुँदे माग र मुद्दालाई संविधान संशोधन विधेयकले बेवास्ता गरेको भन्दै फोरम नेपालले आफ्नो सहमतिमा परिमार्जन गरे मात्र स्वीकार गर्ने निर्णय गरेको हो ।

फोरम राजनीतिक समितिको बैठकले राष्ट्रिय मुद्दाहरुलाई सम्बोधन हुने गरी परिमार्जनको माग गरेको. छ । फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले भने, ‘संघीयता, समावेशीकता, समानुपातिक समावेशी र पहिचानको मुद्दाहरु सम्बोधन नगर्ने विधेयकलाई आन्दोलनरत पक्ष संघीय गठबन्धन र मधेशी मोर्चाको सहमतिका आधारमा संशोधन विधेयक परिमार्जन भए मात्र स्वीकार गर्न सकिनेछ ।’

विचार मिल्ने पार्टी एकीकरण गर्ने

फोरम नेपालको राजनीतिक समितिले पार्टीको नीति, विचार र सिद्धान्त मिल्ने राजनीतिक दलहरुसँग पार्टी एकीकरण गर्ने निर्णय गरेको छ ।

संघीयता, राष्ट्रिय पहिचान, समानुपातिक समावेशीकरण, प्रादेशिक स्वशासन र स्वायत्तताको प्राप्ति र उत्पीडित समुदायको लागि संघर्षरत दलहरु मिल्नुको विकल्प नरहेको निष्कर्ष निकाल्दै बैठकले विचार र सिद्धान्त मिल्ने दलहरुबीच एकीकरण गरेर अघि बढ्ने निर्णय गरेको हो ।

राजनीतिक समितिको यो निर्णयसँगै नीति र सिद्धान्त मिल्ने दलहरुसँग एकीकरण गर्ने बाटो खुला भएको छ ।

स्थानीय तहको प्रतिवेदन अस्वीकार

संघीय समाजवादी फोरम नेपालले स्थानीय तह पुनर्संरचना आयोगको प्रतिवेदन अस्वीकार गर्ने निर्णय गरेको छ । प्रतिवेदन संघीयताको मूल अवधारण विरोधी, लोकतान्त्रिक मुल्य र मान्यताका विपरीत रहेको र विभेदकारी रहेको उसको ठहर छ । जसमा स्वायत्त क्षेत्र, संरक्षित क्षेत्र र विशेष क्षेत्रलाई धरापमा पार्ने कार्य गरेको निष्कर्ष निकाल्दै फोरम नेपालले प्रतिवेदनलाई खारेज गर्न माग गरेको छ ।
अनलाइन खबर

Leave A Reply

Your email address will not be published.