Ultimate magazine theme for WordPress.

पत्रकार उपर प्रहरीको दुब्यवहार, दोषी प्रहरीलाई कार्यवाही नभए पत्रकारहरु अनशन बस्ने : अध्यक्ष बन्जाराको चेतावनि

930

उमेश दुबे
वीरगन्ज, माघ १० गते । पर्साको मुख्य सडक ‘पदमरोड’ जाम गरी प्रहरी बिरुद्ध ब्यपारीले प्रदर्शन गरेको समाचारको रिपोर्टिङ्गको गर्न गएका चार जना पत्रकारउपर प्रहरीले दुब्र्यवहार गरेको छ । पदमरोडबाट बरामद गरेको केराउ जफत गर्ने उदेश्यले सिमाक्षेत्रमा भनेर मुचुल्का बनाई लैजान खोजेको भन्दै स्थानीय ब्यपारीले बाटो जाम गरेका थिए । बिहीवार बिहान वीरगन्ज पोखरिया सडक खण्ड अवरुद्धको समाचार संकलन गर्न पत्रकार पुगेका थिए । प्रदर्शनकारीलाई प्रहरीले कुटपिट गरेको दृष्य संकलन गर्ने क्रममा पत्रकार माथी प्रहरी आइलागेको थियो ।
प्रहरी हस्तक्षेपको दृश्य कैद गरिरहेको जनता टिभीका पर्सा संवादाता श्याम कुशवाहा, टिभी टुडेका प्रतिनिधि उमेश दुबे, प्राइम टिभीका संवादाता आरोहन साह, स्थानीय एनपी डेलीका दीपक चौरसियामाथि प्रहरीले लाठी प्रहार गरेको हो । प्रहरीको लट्ठी प्रहारबाट पत्रकार कुशवाहाको मुखमा चोट लागेको छ । ‘भिडियो किन खिचेको’ भन्दै प्रहरीले अन्धाधुन्ध लाठी चार्ज गरेपछि आफू घाइते भएको पत्रकार कुशवाहाले बताए ।
घट्नापछि नेपाल पत्रकार महासंघ पर्साको अगुवाईमा जिल्ला प्रहरी कार्यालय पर्सामा पुगेका पत्रकारहरुले शुक्रवार बिहानसम्म कारवाही नगरे कडा आन्दोलन गर्ने चेतावनी दिएको महासंघ पर्साका उपाध्यक्ष अनुप तिवारीले बताए । प्रहरी नायब उपरीक्षक मानबहादु राई नेतृत्वमा रहेको टोलीभित्रका प्रहरी हवलदार हरेराम महतो लगातले पत्रकारउपर लाठी चलाएका थिए ।
यता पत्रकार महासंघ पर्साका अध्यक्ष श्याम बन्जाराले पत्रकार माथी दुर्ववहार गर्ने प्रहरी हवलदार माथी शुक्रवार १० बजेसम्म जिल्ला प्रहरी कार्यालय पर्साले कारवाही नगरे १२ बजेदेखी अन्शनमा बस्ने बताउनु भएको छ । अध्यक्ष बन्जाराले पत्रकारहरू माथी दुर्ववहार गर्ने प्रहरी हवलदार हरेराम महतो माथी कारवाही नभए जिल्ला प्रहरी कार्यालय पर्साको मूल गेटमै अन्शनमा बस्ने बताउनु भयो ।

Leave A Reply

Your email address will not be published.