Ultimate magazine theme for WordPress.

पटक पटक परीक्षा रद्द हुदा सडकमा ओर्ले बिद्यार्थी, प्रदेश नम्बर २ तनाव ग्रस्त

75

पर्सा, १५ चैत्र / एसईई परीक्षा अन्तर्गत शुक्रबार हुने सामाजिक विषयको प्रश्नपत्र बिहीबार रातिदेखि नै सामाजिक सञ्जाल र सञ्चारमाध्यममा छ्यापछ्याप्ती भएपछि परीक्षा नियन्त्रण कार्यालयले नियमिततर्फको परीक्षा स्थगित गरेको छ । प्रदेश नम्बर २ मा पटक पटक परीक्षा रद्द हुदा एसईईका परिक्षार्थिहरूले आक्रोसित भएका हुन ।
आक्रोसित बिद्यार्थीहरूले प्रदेश नम्बर २ का प्राय सबै जिल्लाहरूमा बिरोध गरेका छन । बिरोधमा उत्रेका बिद्यार्थीहरूले शहरहरूको विभिन्न चौकहरूमा टायर बाली प्रदर्शन गरिरहेकै बेला प्रहरी हस्तक्षेप गरि लाठी प्रहार गरेका छन । प्रहरीले गरेको लाठी प्रहारबाट दर्जनौ बिद्यार्थी समेत घाइते भएका छन ।
एसइइका बिधार्थिहरूले आफ्नो नकामी छुपाउनको निम्ति प्रदेश सरकार र केन्द्र सरकारले बिद्यार्थीहरूको जीवन सङ खेलवाड गरेको आरोप लगाएका छन । प्रदेश नम्बर २ को पर्सा, बारा, रौतहट, सर्लाही, महोत्तरी, धनुषा, सिरहा, सप्तरी लगायतका जिल्लाहरूमा बिद्यार्थीहरू आन्दोलनमा उत्रेका हुन ।
बिद्यार्थीहरू आन्दोलनमा उत्रिनसाथ प्रदेश नम्बर २ का मुख्य मन्त्री लालबाबु राउत गद्दीले केन्द्र सरकारले प्रदेश नम्बर २ लाई बदनाम गर्ने षडयन्त्र गरिरहेको आरोप लगाएका छन । तर यता बिद्यार्थीहरूले पटक पटक प्रदेश नम्बर २ मा नै प्रश्न पत्र परिक्षा भन्दा पहिला नै बाहिर आउनु नेताहरूले बिद्यार्थीहरूको जीवन सङ खेलवाड गर्न खोजेको आरोप लगाएका छन ।
बिरगंजमा शान्तिपूर्ण तरिकाले सडकमा उत्रेका बिद्यार्थीहरू माथी प्रहरीले लाठी चार्ज गर्दा उग्र रूप लिएको र उग्र रूप लिनसाथ आश्रु ग्यास समेत प्रहार गरिएको छ । प्रहरीले शुरू गरेको दबङ्गै पाराले दर्जनौ बिद्यार्थी घाइते भएका छन । घाइते बिद्यार्थीहरूको नारायणी उपक्षेत्रीय अस्पतालमा उपचार भैरहेको छ भने बिरगंज बजार तनाव ग्रस्त बनेको छ ।

Leave A Reply

Your email address will not be published.