Ultimate magazine theme for WordPress.

नेविसंघ बाराले विभिन्न कार्यक्रमका साथ १०९ औं वि.पी. जयन्ती मनायो

71

वीरगंज २४ भदौं । नेपाली का“ग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघ जिल्ला कार्य समिति बाराले विभिन्न कार्यक्रमका साथ १०९ औं वि.पी. जयन्ती मनाएको छ ।
संघ बाराले विपी जयन्तीको अवसरमा शुक्रवार कलैया स्थित अमृता अनाथ आश्रममा आश्रित बालबालिकाहरुलाई फलफुल वितरण गरेको छ । नेपाली का“ग्रेस बाराका सचिवद्वय राजेश रौनियार, भैयाराम यादव लगायतका नेता कार्यकर्ताहरुले फलफुल वितरण गरेका थिए ।
त्यसैगरी नेपाली का“ग्रेस बाराको पार्टी कार्यालयबाट विभिन्न नाराहरु सहितको ¥याली नगरपरिक्रमा गर्दै स्व.बि.पी. कोईरालाको शालिकमा पार्टीका सचिवद्वय राजेश रौनियार, भैयाराम यादव लगायतका नेता कार्यकर्ताहरुले माल्यार्णण समेत गरेका थिए । नेविसंघ बाराका अध्यक्ष राकेश पाण्डेको सभापतित्वमा भएको कार्यक्रममा नजामुदिन अंसारी, राजेश सिंह, हरिओम साह, प्रविण पटेल लगायतकाले स्व. वि.पी.को योगदानका बारेमा चर्चा गरेका थिए । कार्यक्रमको सहजीकरण विनय राज शर्माले गरेका थिए ।

Leave A Reply

Your email address will not be published.