Ultimate magazine theme for WordPress.

नेपाल विधार्थी संघको ५३ औं स्थापना दिवसको अवसरमा फलफुल वितरण कार्यक्रम सम्पन्न

120

बारा, ६ बैशाख / नेपाल विधार्थी संघको ५३ औं स्थापना दिवसको अवसरमा फलफुल वितरण कार्यक्रम सम्पन्न भएको छ । कलैया प्रादेशिक अस्पतालका बिरामीहरुलाई ५३ औं स्थापना दिवसको मौकामा फलफुल वितरण गरिएको हो ।
नेपाल विधार्थी संघ जिल्ला कार्य समिति बाराले आयोजना गरेको फलफुल वितरण कार्यक्रम राजेश कुमार सिंह भुमिहारको प्रमुख अतिथिमा सम्पन्न भएको थियो । बिनय राज शर्माको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा कलैया प्रादेशिक अस्पतालका बिरामीहरुलाई फलफुल वितरण गरिएको हो ।
कार्यक्रममा एजाज मंसुर, दिपेन्द्र केसरी, वादल यादव, उमेश पटेल, विशाल पाश्वान, नरेन्द्र गिरी लगायत ५३ जनाको सहभागिता रहेको नेपाली कांग्रेस केन्द्रिय युवा प्रचार प्रसार नेटवर्क उप—समिति सदस्य विनयराज शर्माले जानकारी दिनुभयो ।

Leave A Reply

Your email address will not be published.