Ultimate magazine theme for WordPress.

नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोलीद्वारा भारी मात्रामा लागु औषध गाजा बरामद

67

रौतहट, १३ भदौ / नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोलीले रौतहट जिल्लाको बकैया खोला किनारबाट भारी मात्रामा लागु औषध गाजा बरामद गरेको छ । लागु औषध कारोवारीहरु खोलाको किनार प्रयोग गर्ने गरेको बिशेष सुचनाको अधारमा खटिएको प्रहरी टोलीले भारी मात्रामा लागु औषध गाजा बरामद गरेको हो ।
रौतहटको गौर नगरपालिका वडा नम्बर २ बकैया खोला किनार हुदै लागु औषध गाजाको कारोवार भइरहेको बिशेष सुचनाको अधारमा सशस्त्र प्रहरी निरीक्षक महेश्वर गिरी र प्रहरी सहायक निरीक्षक सुरेश चौधरीको कमाण्डमा खटिएको प्रहरी टोलीले भारी मात्रामा लागु औषध गाजा बरामद गरेको प्रहरीले जनाएको छ । सोमवार बिहान करिब १ बजेको समयमा नेपालबाट भारततर्फ लगिरहेको अवस्थामा २ सय ४ किलोग्राम गाजा बरामद गरिएको सशस्त्र प्रहरीले जनाएको छ ।
बोर्डर आउट पोष्ट गौर र प्रहरी चौकी महादेवपटीबाट खटिएको प्रहरी टोलीलाई देख्नसाथ लागु औषध कारोवारमा भरीयाको काम गर्नेहरु फरार भएपनि लागु औषध गाजा नियन्त्रणमा लिएको सशस्त्र प्रहरीले जनाएको छ । बरामद गरिएको लागु औषध गाजा अवाश्यक कारवाहीको लागी जिल्ला प्रहरी कार्यालय गौरमा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ ।

Leave A Reply

Your email address will not be published.