Ultimate magazine theme for WordPress.

नेपालमा पहिलो पटक ‘ट्राफिक कम्युनिकेशन एप्स’ सञ्चालनमा

170

उमेश दुबे
वीरगंज २८ माघ ।
प्रदेश नं २ मा ट्राफिक प्रहरीले सवारी दुर्घटना न्यूनीकरण तथा सुरक्षित यात्राका लागि ‘ट्राफिक कम्युनिकेशन एप्स’ सञ्चालनमा ल्याएको छ । नेपालमै पहिलो पटक प्रहरी प्रधान कार्यालय, राजमार्ग सुरक्षा तथा ट्राफिक निर्देशनालयले लामो दूरीमा चल्ने यात्रुवाहक सार्वजनिक सवारीसाधन चलाउने चालक परिवर्तन भए र नभएको जानकारी दिने उद्देश्यले ट्राफिक कम्युनिकेशन एप्स सञ्चालनमा ल्याएको हो ।
सप्तरीको शम्भुनाथ नगरपालिका स्थित जिल्ला ट्राफिक प्रहरी कार्यालयमा आयोजित एक कार्यक्रमका बीच प्रदेश नं २ का प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक हरिबहादुर पालले उक्त एप्सको शुभारम्भ गर्नुभयोे । प्रहरी नायब महानिरीक्षक पालले लामो दूरीका सवारीसाधनमा एक मात्र चालक राख्दा निदाएर दुर्घटना भइरहेको भन्दै अब उप्रान्त सवारीसाधनले दुई चालक राख्नुपर्ने बताउनुभयो । लामो सवारी साधनमा दुई चालक राखेको नराखेको पत्ता लगाउनकै लागि उक्त एप्सको निर्माण गरिएको बताउनुहुँदै उहाँले यो एपमार्फत त्यो कुरा पत्ता लगाइने र एक मात्रै चालक राख्नेलाई कारवाहीको दायरामा ल्याइने बताउनुभयो ।
लामो दूरीका सवारी चालक, बस नम्बर तथा प्रस्थान समय इन्टरनेटको सर्भरमा राखेपछि विभिन्न प्वाइन्टमा जाँचका क्रममा उही चालक भेटिएमा कारवाही गरिने व्यवस्था गरिएको प्रदेश नं २ का ट्राफिक प्रहरी प्रमुख किरण बर्जाचार्यले जानकारी दिनुभयो । ट्राफिक प्रहरी प्रमुख बज्राचार्यले कुनैपनि ठुला सवारी साधनमा एउटै चालक रखिएको फेला परे कडा कारवाही गरिने बताउनु भयो । उहाले सवारी दुर्घटना न्यूनिकरणमा ठूलो टेवा पुग्ने बिश्वास लिएको बताउनु भयो । कार्यक्रममा बोल्दै ट्राफिक प्रहरी प्रमुख बज्राचार्यले राजमार्ग लगायतका ठाउहरूमा यश कार्यक्रमले ठुला सवारी साधन धनिले दुइवाटा चालक राख्ने बिश्वाश लिएको बताउनु भयो ।

Leave A Reply

Your email address will not be published.