Ultimate magazine theme for WordPress.

नेपालबाट भारत विरोधी गतिविधि गरेको पाइएपछि इन्टरपोलको सहयोगमा सम्शुल होदा दुबईबाट पक्राउ गरी बारामा लयाईयाेे

40

वीरगंज २५ माघ : भारतीय नागरिक दीपक राम र अरुण रामको हत्यामा संलग्न कलैया नपा–८ निवासी सम्शुल होदालाई दुबईबाट पक्राउ परी नेपाल ल्याएको समाचार छ । भारतीय नागरिक रामद्वयको बाराको हरैया जङ्गलमा गत पुस १३ गते घाँटी रेटेर निर्मम हत्या भएको थियो। घटनामा होदाले नेपालबाट भारत विरोधी गतिविधि गरेको पाइएपछि इन्टरपोलको सहयोगमा दुबईबाट पक्राउ गरिएको प्रहरी स्रोतले जनाएको छ।

दुबईबाट पक्राउ गरिएका होदालाई आजै कलैया ल्याइएको छ। भारतीय युवकहरूको हत्याको आरोपमा यस अघि महागढीमाई नगरपालिकाको सिमरा तीनगछियाका गिरी बाबा भन्ने बृज किशोर गिरी, कलैया नगरपालिका–१० रङ्गगपुरका मोजाहिद्दिन अंसारी र शम्भु भन्ने लड्डु पक्राउ परिसकेका छन्।

पक्राउ परेका चारजनाबाट हरैया जङ्गलमा  भारतीय युवकको हत्या गर्दाको मोबाइल भिडियो रेकर्डिङ्ग फेला परेको प्रहरी स्रोतले  बताएको छ। मोबाइल भिडियो रेकर्डिङ्गमा निकै त्रूmर तरिकाले हत्या गरिएको सबुत रहेको प्रहरी स्रोतले बताएको छ।

दुबईबाट होदाले भारत विरोधी गतिविधि गर्ने गरेको आरोप छ। उनले असोज १५ गते घटस्थापनाको दिन बारासँग जोडिएको भारतको घोडासहन रेल्वे ट्रयाकमा बम राख्नका लागि  महागढीमाई नगरपालिकाको सिमरा तीनगछियाका गिरी बाबा भन्ने बृजकिशोर गिरीले रक्सौल गम्हरीका उमाशङ्कर पटेललाई भारु ६ लाख पेश्की उपलब्ध गराएको र पटेलले उक्त रकम  दिपक र अरुण रामलाई सुम्पेको प्रहरी अनुसन्धानमा खुलेको छ।

दिपक र अरुणले अक्टोबर १ तारिख (असोज १५ गते) घटस्थपनाका दिन रेल्वे ट्र्याकमा राखेको प्रेशर कुकर बम कुनै कारणले विस्फोट हुन सकेन । योजना विफल भएपछि रामद्वयलाई बृजकिशोर गिरीले कलैयाका मोजाहिद्दिन अंसारी र शम्भु भन्ने लड्डुको सहयोगमा घाँटी रेटी हत्या गरेको अनुसन्धानबाट देखिएको छ।

रामद्वयको हत्या आरोपमा पक्राउ परेकाहरूमध्ये गिरीको बयानसमेतबाट होदा योजनाकार देखिएपछि इन्टरपोलको सहयोगमा उनलाई दुबईबाट पक्राउ गरिएको थाहा हुन आएको छ।

Leave A Reply

Your email address will not be published.